4 years ago
October 18, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । मुम्बईका काइरन पोलार्डले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १२ बलमा १ चौका र ४ छक्का सहित ३४ रनमा अविजित रहे । नाइथन कुल्टर नाइल १२ बलमा ४ चौका सहित २४ रनमा अविजित रहे । सातौं विकेटका लागि नाथन कुल्टर नाइल र पोलार्डले २१ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मुम्बईले अन्तिम तीन ओभरमा कुनै विकेट नगुमाउँदै ५४ रन जोड्दै बलियो योगफल बनाएको हो ।
ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ४३ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको योगदान दिए । डी कको यो लगातार तेस्रो अर्धशतक हो । डी ककले दिल्ली क्यापिटल्सविरुद्ध ५३ र कोलकाता नाइट राइडर्सविरुद्ध ७८ रनको इनिङ खेलेका थिए ।
मुम्बईको सुरुवात खराब रह्यो । तेस्रो ओभरको पाँचौ बलमा युवा तीव्र गतिका बलर अर्शदीप सिंहले कप्तान रोहित शर्मालाई ९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । चौथो ओभरको तेस्रो बलमा मोहम्मद शामीले सूर्यकुमार यादवलाई मुरुगन आश्विनबाट शून्यमा क्याच आउट गराए । अर्शदीपको छैटौं ओभरको पहिलो बलमा इशान किशन ७ रनमा आश्विनबाट क्याच आउट हुन पुगे ।
रबि बिश्रोईको १४ औं ओभरको पाँचौ बलमा क्रुनाल पान्ड्या दीपक हुडाबाट ३४ रनमा क्याच आउट गराए । क्रुनालले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कमजोर सुरुवात गरेको मुम्बईलाई चौथो विकेटको लागि डी कक र क्रुनालले ५८ रनको साझेदारी गरेका थिए । हार्दिक पान्ड्या ८ रनमा क्याच आउट हुन पुगे । क्रिस जोर्डनको १७ औं ओभरको तेस्रो बलमा क्विन्टन डी कक मयंक अग्रवालबाट क्याच आउट हुन पुगेका थिए ।
अर्शदीप सिंहले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्रोईको नाममा एक एक विकेट रह्यो ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]