4 years ago
October 18, 2020
एजेन्सी– सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् ।
वार्नरले आइतबार कोलकाता नाइट राइडर्सविरुद्ध ४७ रनको अविजित महत्वपूर्ण इनिङ खेल्नेक्रममा आइपिएल करिअरको ५ हजार रन पूरा गरेका थिए । प्याट कमिन्सको १४ औं ओभरको दोस्रो बलमा वार्नरले एक रन बटुल्दै ५ हजार रन पूरा गर्दै इतिहास रचेका थिए ।
वार्नर आइपिएलमा ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन् । यसअघि यस सफलता भारतका तीन ब्याट्सम्यानले मात्र हात पारेका थिए । वार्नरले अन्य तीन खेलाडीले भन्दा ५ हजार रन सर्वाधिक छिटो (कम खेल) पूरा गरेका छन् ।
यसक्रममा वार्नरले कोहलीले कीर्तिमान तोडेका छन् । वार्नरले १ सय ३५ खेलमा यस उपलब्धी हात पारेका हुन् । जुन विराट कोहली भन्दा २२ खेल कम हो । कोहलीले १ सय ५७ खेलमा यस उपलब्धी हात पारेका थिए । चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनाले १ सय ७३ र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले १ सय ८७ खेलमा आइपिएलमा पाँच हजार रन पूरा गरेका थिए ।
कोहलीले १ सय ८६ खेलमा ५ हजार ७ सय ५९ रनका साथ शीर्षस्थानमा छन् । दोस्रो स्थानमा रहेका रैनाले १ सय ९३ खेलमा ५ हजार ३ हजार ६८ रन बनाएका छैनन् । यस सिजन रैना पारिवारिक कारण आइपिएल खेलेका छैनन् । रोहित शर्माले १ सय ९७ खेलमा ५ हजार १ सय ५८ रन बनाएका छन् । वार्नरले १ सय ३५ खेलमा ५ हजार ३७ रन बनाएका छन् । यी चार खेलाडी बाहेक दिल्लीका ओपनर शिखर धवन पाँच हजार रन नजित छन् । धवनलाई यस सफलता हात पार्न ६२ रन आवश्यक रहेको छ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]