4 years ago
October 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरस (कोभिड१९) लाई जितेका छन् ।
गत असोज १४ मा अध्यक्ष र सचिव दुबैलाई कोरोना संक्रमण देखिएको थियो । शनिवार अध्यक्ष र सचिव दुवैको कारोना रिपोर्ट नेगेटिभ आएपछि घर फर्किने तयारीमा रहेको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
‘शनिबार दुबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुबैजना काठमाडौंमा हुनुन्छ । सोमबार अध्यक्ष र सचिव घर फर्किने तयारीमा हुनुन्छ’, सिंहले भने । गत असोज ६ मा चितवनमा बोर्ड बैठक सम्पन्न गरेर काठमाडौं फर्किएका थिए ।
काठमाडौंमा उनको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अन्य सदस्यमा भने परिक्षण नेगेटिभ देखिएको थियो । अध्यक्ष र सचिव दुबैमा कोरोना संक्रमण देखिएपछि क्यानको बोर्ड बैठक बस्न सकेको छैन । असोज २८ र २९ मा हुने तयारी भएको क्यानको वार्षिक साधरण सभा पनि स्थगित हुन पुगेको थियो ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]