4 years ago
October 18, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन । कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । क्रिस ग्रिनको स्थानमा ल्योकी फर्गुसनलाई मौका दिएको छ । प्रसिद्ध कृष्णको स्थानमा कुलदिप यादवलाई मौका दिएको छ ।
हैदराबादले टोलीमा दुई परिवर्तन गरेको छ । खलिल अहमदको स्थानमा वासील थाम्पीलाई मौका दिएको छ । शहवाज नदिमको स्थानमा अब्दुल सामदलाई मौका दिएको छ ।
कोलकाता पाँचौं र हैदराबाद चौथो जितको सोचमा छन् । जारी आइपिएलमा कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । दुबै टोलीलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्न जित्नुपर्ने दबाब छ ।
कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर), शिवम माभी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कुलदिप यादव ।
हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, विजय शंकर, प्रियम गर्ग, अब्दुल सामद , केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र विशाल थाम्पि ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]