default_image

4 years ago

October 18, 2020

मुम्बईलाई पन्जाबको चुनौती

71 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई आजको खेलमा पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहान्छ । शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सले ९ खेलमा ७ मा जित र २ मा हार बेहोरेको छ । पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

अन्तिम चारमा रहेर प्ले अफ खेल्न पन्जाबलाई आजको खेल जित्नै पर्ने हुन्छ । पछिल्लो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको थियो । बेंगलोरलाई हराएको पन्जाबको मनोबल उच्च छ । बलियो मुम्बईलाई पन्जाबले बलियो चुनौती दिने अनुमान गरिएको छ ।

पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुल र मयंक अग्रवाल राम्रो लयमा छन् । राहुलले जारी आइपिएलमा ८ खेलमा एक शतक र चार अर्ध शतक सहित ४ सय ४८ रन बनाई सकेका छन् । अग्रवालले ८ खेलमा १ शतक र दुई अर्ध शतक सहित ३ सय ८२ रन बनाएका छन् । सर्वाधिक रन बनाउने खेलाडीमा राहुल पहिलो र अग्रवाल दोस्रो स्थानमा छन् । यी दुई ब्याट्सम्यानको प्रर्दशन पन्जाबलाई महत्वपूर्ण हुने छ ।

बेंगलोरविरुद्ध पूनरागमन गर्दै क्रिस गेलले ५३ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । गेलको प्रर्दशनले मध्यक्रम बलियो बन्नुको साथै पन्जाबको मनोबल पनि उच्च रहेको छ । निकोलस पूरन पनि राम्रो लयमा छन् । बलिङमा मोहम्मद शामी र स्पिनर रबि बिश्रोई हतियार हुन् । यी दुई खेलाडी राम्रो लयमा छन् । शामीले १२ र बिश्रोईले ८ विकेट लिएका छन् ।

आज पन्जाबले ग्लेन म्याक्सवेलको स्थानमा स्पिनर मुजिब उर रहमानलाई मौका दिन सक्छ । डेथ ओभरको समस्या देखिएको पन्जाबलाई युवा तीव्र गतिका बलर अर्शदीप सिंहले राम्रो प्रर्दशन गर्दै ठूलो आशा देखाएका छन् ।

चार पटकको च्याम्पियन मुम्बईले सुरुवात देखिनै उच्च प्रर्दशन गर्दै आएको छ । ओपनर क्विन्टन डी कक, सूर्यकुमार यादव, कप्तान रोहित शर्मा, काइरन पोलार्ड र हार्दिक पान्ड्या राम्रो लयमा छन् । यी खेलाडीलाई रोक्न पन्जाबका बलरलाई सहज हुने छैन ।

यता दुई तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्टले उच्च प्रर्दशन गर्दै आएका छन् । बुमराह र बोल्टले १२–१२ विकेट लिई सकेका छन् । राहुल चहरले पनि मध्यक्रममा नियमित विकेट लिदै आएका छन् । उत्कृष्ट ब्याटिङ र बलिङ आक्रामण भएको मुम्बई सातौं जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ ।

यसअघि जारी सिजनमा लिग चरणको पहिलो खेलमा मुम्बईले पन्जाबलाई ४८ रनले पराजित गरेको थियो । उक्त खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ््याउने क्रममा पन्जाब ८ विकेटको क्षतिमा १ सय ४३ रनमा समेटिएको थियो । आइपिएलमा यी दुई टोलीबीच २५ खेल भएको छ । मुम्बई १४ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.