4 years ago
October 17, 2020
एजेन्सी– दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् ।
दक्षिण अफ्रिका रबाडाले स्पिनर सुनिल नारायण र तीव्र गतिका बलर लासिथ मलिङ्गाको कीर्तिमान तोड्दै आफ्नो नाममा कायम गरेका हुन् । रबाडाले शनिबार चेन्नई सुपर किंग्सविरुद्ध फाफ डु प्लेसिसको विकेट लिदै आइपिएलमा सर्वाधिक छिटो खेल र कम बलमा ५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
रबाडाले यस सफलता मात्र २७ खेलमा पूरा गरेका छन् । यसअघि आइपिएलमा सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान सुनिल नारायणको नाममा थियो । नारायणले ३२ खेलमा पूरा गरेका थिए । लासिथ मलिङ्गाले ३३, इमरान ताहिरले ३५ र अमित मिश्राले ३७ खेलमा ५० विकेट पूरा गरेका थिए ।
रबाडा सर्वाधिक कम बल फ्याँक्दै आइपिएलमा ५० विकेट लिने बलर बनेका छन् । रबाडाले ६ सय १६ बलमा यस सफलता हात पारेका छन् । यसअघि मलिङ्गाले ७ सय ४९ बलमा उक्त सफलता हात पारेका थिए । सुनिल नारायणले ७ सय ६० र इमरान ताहिरले ७ सय ६६ बलमा उक्त सफलता हात पारेका थिए । मोहित शर्माले ७ सय ९७ बलमा ५० विकेट पूरा गरेका थिए ।
रबाडाले आइपिएलमा लगातार विकेट लिदै उच्च प्रर्दशन गर्दै आएका छन् । यस सिजनमा ९ खेलमा १९ विकेट लिदै पर्पल क्यापको बलियो दाबेदारका रुपमा छन् । गतवर्ष रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । गतवर्ष चोटको कारण लिग चरणका खेल नसकिंदै बाहिरिनु परेको थियो ।
दिल्लीका प्रमुख हतियार रबाडाले निरन्तर उच्च प्रर्दशन गर्दै दिल्लीलाई सफलता दिलाउँदै आएका छन् । २५ वर्षिय रबाडा वर्तमान समयका एक सर्वोत्कृष्ट तीव्र गतिका बलर हुन् । तीव्र गतिसँगै योर्करका लागि माहिर छन् । आइपिएलमा रबाडाले सन् २०१७ अप्रिलमा दिल्ली क्यापिटल्सबाट मुम्बई इन्डियन्सविरुद्ध वानखडे स्टेडियममा डेब्यु गरेका थिए ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]