default_image

4 years ago

October 17, 2020

दिल्लीलाई चेन्नईको बलियो लक्ष्य

87 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । चेन्नईलाई बलियो अवस्थामा पुर्याउन अम्बाती रायुडु २५ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे ।

तल्लोक्रममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा ४ छक्का सहित ३३ रनमा अविजित रहे । पाँचौ विकेटका लागि रायुडू र जडेजाले २१ बलमा ५० रनको अविजित साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । चेन्नईले अन्तिम पाँच ओभरमा एक विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

चेन्नईले पहिलो ओभरको तेस्रो बलमै ओपनर साम करनलाई शून्यमा गुमाएको थियो । तुषार देशपान्डेको बलमा करन एनरिच नोर्कियाबाट क्याच आउट हुँदा चेन्नईले खातामा कुनै रन जोडेको थिएन । दोस्रो विकेटका लागि शेन वाटसन र फाफ डु प्लेसिसले ८७ रनको साझेदारी गर्दै चेन्नईको इनिङलाई अघि बढाएका थिए ।

१२ औं ओभरको चौथो बलमा नोर्कियाले वाटसनलाई ३६ रनमा बोल्ड आउट गर्दै दोस्रो सफलता दिलाए । वाटसनले २८ बलमा ६ चौका प्रहार गरे । कागिसो रबाडाको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका डु प्लेसिस शिखर धवनबाट लङ अनमा ५८ रनमा समातिन पुुगे । डु प्लेसिसले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

नोर्कियाको १७ औं ओभरको तेस्रो बलमा अघि बढेर ठूलो सट खेलेका कप्तान महेन्द्रसिंह एज लाग्दै विकेटकिपर एलेक्स केरीबाट ३ रनमा क्याच आउट हुन पुगे ।

तुषार देशपान्डेले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट हात पारे ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.