default_image

4 years ago

October 17, 2020

स्मिथको अर्धशतकमा राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

73 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनी अन्तिम ओभरमा क्रिस मोरिसको बलमा क्याच आउट भएका थिए ।

राजस्थानलाई ओपनर बेन स्टोक्स र रोबिन उथप्पाले ५.४ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । क्रिस मोरिसको बलमा विकेटकिपर एबि डि भिलियर्सबाट बेन स्टोक्स १५ रनमा समातिन पुगेपछि बेंगलोरले पहिलो सफलता हात पारेको थियो । स्टोक्सले १९ बलमा २ चौका प्रहार गरे ।

स्पिनर युजभेन्द्र चहलले आठौं ओभरमा दुई महत्वपूर्ण विकेट लिदै बेंगलोरलाई खेलमा फर्काएका थिए । आठौं ओभरको चौथो बलमा उथप्पालाई आरोन फिन्चबाट ४१ रनमा क्याच आउट गराए । उथप्पाले २२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा सन्जु स्यामसन ९ रनमा मोरिसबाट क्याच आउट हुन पुगे पछि राम्रो सुरुवात गरेपनी पुनः दबाबमा परेको थियो ।

जोस बटलरले २५ बलमा १ चौका र १ छक्कासहित २४ रनको योगदान दिए । राहुल टेवाटियाले ११ बलमा १ छक्का र १ चौकासहित १९ रन जोड्दै अविजित रहे । जोफ्रा आर्चरले ३ बलमा २ रनमात्र जोडे । राजस्थानका लागि मोरिसले ४ विकेट तत्गा युजवेन्द्र चहलले २ विकेट हात पारे ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.