4 years ago
October 17, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध राजस्थान रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । बेंगलोरले भने टोलीमा दुई परिवर्तन गरेको छ । मोहम्मद शिराजको स्थानमा गुरकिरत सिंहमानलाई मौका दिएको छ । शिबम दुबेको स्थानमा शहबाज अहमदलाई मौका दिएको छ ।
बेंगलोर छैटौं र राजस्थान चौथो जितको खोजिमा छन् । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । राजस्थान ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । राजस्थानलाई प्ले अफको सम्भावना बलियो बनाउन आजको खेलमा जित निकाल्नै पर्ने छ ।
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, जयदेव उनदकट र बेन स्टोक्स
बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, शहबाज अहमद , वासिन्टन सुन्दर, गुरकिरत सिंहमान, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]