default_image

4 years ago

October 17, 2020

राजस्थानविद्ध बेंगलोर : कोहली र स्मिथबीचको प्रतिस्पर्धा

99 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ३ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

बेंगलोर छैटौं र राजस्थान चौथो जितको खोजिमा छन् । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । राजस्थान ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । राजस्थानलाई प्ले अफको सम्भावना बलियो बनाउन आजको खेलमा जित निकाल्नै पर्ने छ । राजस्थान आजको खेलमा पराजित भए अंक गणीतिय समिकरणमा निर्भर हुनुपर्ने हुन्छ ।

यसअघि जारी सिजनको पहिलो खेलमा बेंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । आबूधाबीमा भएको उक्त खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी लक्ष्य बेंगलोरले पाँच बल अगाडि २ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा कप्तान विराट कोहली ७२ रनमा अविजित रहेका थिए । बेंगलोर पहिलो खेलको नतिजालाई दुबईमा निरन्तरता दिन चाहाँन्छ । राजस्थान पहिलो खेलको गल्तीबाट पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्ने रणनीतिका साथ मैदान प्रवेश गर्ने छ ।

वर्तमान समयमा विश्व क्रिकेट जगतमा विराट कोहली र स्टिभ स्मिथ मध्य को सर्वोत्कृष्ट ब्याट्सम्यान भन्ने चर्चा चल्दै आएको छ । त्यसैले यस खेललाई कोहली र स्मिथबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ । आजको खेलमा दुबै खेलाडी आफू अब्बल कप्तान र ब्याट्सम्यान भएको सावित गर्न चाहान्छन् ।

बेंगलोर पछिल्लो खेलमा किंग्स इलेभेन पन्जाबसँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा युजभेन्द्र चहलले मात्र एक विकेट लिएका थिए । चहल राम्रो लयमा छन् । उनले जारी आइपिएलमा ८ खेलमा ११ विकेट लिई सकेका छन् । दुबईको बाउन्ड्री ठूलो भएको हुँदा चहल आफ्नो स्पिनमा जादु गर्न सक्छन् ।

युवा ओपनर देवदत्त पाडिक्कल र दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान एवी डी भिलियर्स राम्रो लयमा छन् । यी दुई ब्याट्सम्यानको लयलाई रोक्न राजस्थानका बलरलाई चुनौती हुने छ । आरोन फिन्च र विराट कोहलीले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् । पन्जाबसँगको खेलमा ८ बलमा २५ रन जोडेका क्रिस मोरिस बेंगलोरका अलराउन्डर हतियार हुन् । तीव्र गतिको बलरमा इसुरु उडाना, मोरिस र नवदीप सैनीलाई खेलाउने सम्भावना देखिन्छ ।

स्पिनर युजभेन्द्र चहल र वासिन्टन सुन्दर पहिलो रोजाईमा खेल्ने छन् । यी दुई स्पिनरको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ । मोहम्मद शिराजको स्थानमा स्पिनर पवन नेगीलाई मौका दिन सक्छ । डी भिलियर्स बेंगलोरका प्रमुख हतियार हुन् । डेथ ओभर बलिङ बेंगलोरको प्रमुख समस्या हो । जसको फाइदा राजस्थानका ब्याट्सम्यानले उठाउन सक्छन् ।

राजस्थानको ओपनिङ निरन्तर कमजोर रहँदै आएको छ । दुबै ओपनर जस बटलर र बेन स्टोक्सलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

पछिल्ला छ खेलमा यी दुबै ब्याट्सम्यानको प्रर्दशन कमजोर छ । रोविन उथप्पाको स्थानमा महिपाल लोमरोर वा यशस्वी जैसवाल मध्य एकलाई मौका दिन सक्छ । रियान पराग र राहुल टेवटियाले तल्लोक्रम सम्हाल्न खोज्ने छन् । लगातार अलराउन्ड प्रर्दशन गर्दै आएका टेवाटिया राजस्थानका हतियार हुन् । तीव्र गतिका बलर जोफ्रा आर्चर राजस्थानका प्रमुख हतियार हुन् । आर्चरले ८ खेलमा १२ विकेट लिएका छन् । आर्चरलाई कार्तिक त्यागीले राम्रो साथ दिने छन् ।

शीर्षक्रमका ब्याट्सयानको कमजोर प्रर्दशन राजस्थानको प्रमुख समस्या हो । राजस्थानका शीर्षक्रमका एक ब्याट्सम्यानलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । आइपिएलमा यी दुई टोलीबीच २२ खेल भएको छ । जसमा राजस्थान १० खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.