default_image

4 years ago

October 16, 2020

मुम्बईलाई कोलकाताको मध्यम लक्ष्य

79 views

0 Bookmark

एजेन्सी – नवनियुक्त कप्तान ओईन मोर्गन र तीव्र गतिका बलर प्याट कमिन्सको उत्कृष्ट साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ४९ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । खराब सुरुवात गरेको कोलकातालाई तीव्र गतिका बलर प्याट कमिन्सले तल्लोक्रममा ३६ बलमा ५ चौका र २ छक्का सहित ५३ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेले । नवनियुक्त कप्तान ओईन मोर्गनले २९ बलमा २ चौका र २ छक्का सहित ३९ रनको जिम्मेवारी उत्कृष्ट कप्तानी इनिङ खेले ।

एक समय ११ ओभरमा ६१–५ को कमजोर अवस्थामा रहेको कोलकातालाई छैटौं विकेटका लागि मोर्गन र प्याट कमिन्सले ५६ बलमा ८७ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै मध्यम योगफल सम्म पुर्याउन सफल भएका हुन् । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको अन्तिम बलमा प्वाइन्टमा सट खेलेका ओपनर राहुल त्रिपाठीलाई सूर्यकुमार यादवले ७ रनमा उत्कृष्ट क्याच लिदै पहिलो सफलता दिलाए ।

नाथन कुल्टर नाइलको छैटौं ओभरको तेस्रो बाउन्सर बलमा डर्थम्यानमा सट खेल्ने क्रममा एज लागेर नितेश राणा विकेटकिपर क्विन्टन डी ककबाट ५ रनमा क्याच आउट हुन पुगे । स्पिनर राहुल चहरको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर सुभमन गिल लङअनमा काइरन पोलार्डबाट २१ रनमा समातिन पुगे । गिलले २३ बलमा २ चौका प्रहार गरे ।

लगत्तै अर्को बलमा दिनेश कार्तिक ४ रनमा बोल्ड आउट भएपछि कोलकाता कमजोर अवस्थामा पुगेको थियो । जस्प्रित बुमराहको ११ औं ओभरको चौथो बलमा आन्द्रे रसेल डी ककबाट १२ रनमा क्याच आउट भएपछि कोलकाता ६१–५ को कमजोर अवस्थामा पुगेको थियो ।

स्पिनर राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.