4 years ago
October 15, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
बेंगलोर जारी आइपिएलमा छैटौं र पन्जाब दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । पन्जाबले खेलेका ७ खेल मध्य ६ खेलमा पराजित भएको छ । पन्जाबले जारी सिजनको पहिलो खेलमा बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । जुन जारी सिजनमा पन्जाबले जितेको एक मात्र खेल हो । पन्जाब बेंगलोरसँग त्यस्तै नतिजा निकाल्दै उत्कृष्ट पूनरागमन गर्न चाहान्छ ।
बेंगलोर उक्त लज्जास्पद हारको बदला लिने सोचमा हुने छ । पन्जाबले पहिला ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । कप्तान लोकेश राहुलले १ सय ३२ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए । २ सय ७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट हुन पुगेको थियो ।
बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित अंक तालिकामा तेस्रो स्थानमा छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ । बेंगलोर पन्जाबमाथि उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । पन्जाब दोस्रो जित निकाल्दै प्ले अफको सम्भावना कायमै राख्न चाहन्छ ।
पन्जाबलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्न बाँकी सबै खेलमा उत्कृष्ट प्रर्दशनका साथ जित निकाल्नु पर्ने हुन्छ । पन्जाब आजको खेलमा पराजित भए प्ले अफको अंक गणितिय झिनो आशा मात्रै बाँकी रहने छ । पन्जाब पछिल्ला पाँच खेलमा लगातार पराजित भएको छ । उक्त हारको शिलसिलामा पन्जाब पूर्णविराम लगाउन चाहान्छ ।
आजको खेलमा पन्जाबको टोलीमा क्रिस गेलले खेल्ने उच्च सम्भावना छ । शारजाहको छोटो बाउन्ड्रीको फाइदा उठाउँदै गेलले उत्कृष्ट पूनरागमन गर्ने अपेक्षा गरिएको छ । गेल सुरुवाती ५ खेल टोलीको रणनीति र पछिल्ला दुई खेलमा अस्वस्थ्वको कारण टोलीमा थिएनन् । गेल पूर्ण रुपमा फिट भएका छन् ।
यता ग्लेन म्याक्सवेलले सुरुवाती ७ खेलमा ५८ रन मात्रै बनाएका छन् । खराब प्रर्दशन गरेका म्याक्सवेलको स्थान गेलले लिने सम्भावना छ । पन्जाबले ६ खेल मध्य तीन जित नजिक पुगेर हारेको छ । शारजाहको बाउन्ड्री छोटो हुँदा पन्जाबले म्याक्सवेल र गेल दुबैलाई खेलाउन सक्छ ।
स्पिनर मुजिब उर रहमानलाई बेन्चमा राख्न सक्छ । शारजाह स्पिनर उपयोगी मानिदैन । पछिल्लो खेलमा मुजिबले कोलकाता नाइट राइडर्सविरुद्ध ४ ओभरमा ४४ रन खर्चिदा विकेट विहिन बनेका थिए । युवा तीव्र गतिका बलर अर्शदीप सिंहले राम्रो प्रर्दशन गर्दै आएका छन् । जुन डेथ ओभरमा पन्जाबका लागि सकरात्मक कुरा हो ।
कोलकाताविरुद्ध अन्त्यमा ७ बलमा ४ रन मात्र जोडेका प्रभशिम्रन सिंहको स्थानमा शरफराज खानलाई मौका दिन सक्छ । मनदीप सिंहको स्थानमा कृष्णाप्पा गौथम वा करुण नायर मध्य एकको सम्भावना छ । कमजोर डेथ ओभर र उत्कृष्ट फिनिसरको अभाव पन्जाबले जारी सिजनको आइपिएलमा हारेका प्रमुख कारण हुन् ।
बेंगलोरका ओपनर देवदत्त पाडिक्कल र एवी डि भिलियर्स उच्च लयमा छन् । यी दुई ब्याट्सम्यानलाई रोक्न पन्जाबका बलरलाई कठिन पर्ने देखिन्छ । कप्तान विराट कोहली र आरोन फिन्चले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् । डी भिलियर्स पन्जाबलाई घातक बन्न सक्ने खेलाडी हुन् ।
बेंगलोरले टोलीमा आज एक परिवर्तन गर्न सक्छ । शारजाहको छोटो बाउन्ड्रीको कारण ब्याटिङ बलियो बनाउन मोहम्मद शिराजको स्थानमा गुरक्रित सिहंमानलाई मैदानमा उतार्न सक्छ । क्रिस मोरिस र इसुरु उडानले डेथ ओभर बलिङ समस्या केहि सुधार भएको देखिन्छ । स्पिनर युजभेन्द्रन चहल र वासिन्टन सुन्दर राम्रो लयमा छन् । यी दुई स्पिनर पन्जाबलाई घातक बन्न सक्छन् ।
पन्जाब र बेंगलोरबीच आइपिएलमा कुल २५ खेल भएका छन् । जसमा पन्जाब १३ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।
अंक तालिका
यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई र बेंगलोरको समान ७ खेलमा अंक तालिकामा १०-१० अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।
सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]