4 years ago
October 15, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सका युवा तीव्र गतिका बलर एनरिच नोर्कियाले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् ।
नोर्कियाले बुधबार सम्पन्न आइपिएलको ३० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान कायम गरेका हुन् । नोर्कियाले राजस्थानविरुद्ध तेस्रो ओभरको पाँचौ बलमा जस बटलरलाई बलिङ गर्नेक्रममा १५६.२२ को प्रतिघण्टा किलोमिटर बल फाल्दै इतिहास रचेका थिए । उक्त बललाई बटलरले चौका प्रहार गरेका थिए ।
लगत्तै अर्को बलमा नोर्कियाले १५५.२१ प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्दै बटलरलाई बोल्ड आउट गरेका थिए । उक्त बल बटलरले चालनै पाउन सकेका थिएनन् । आइपिएलमा तेस्रो सर्वाधिक तीव्र गतिको बल पनि नोर्कियाकै नाममा छ । उनले १५४.७४ को प्रतिघण्टा किलोमिटर गतिमा बलिङ गरेका छन् ।
यसअघि आइपिएल इतिहासमै सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान दक्षिण अफ्रिकाकै डेल स्टेनको नाममा थियो । स्टेनले १५४.४० प्रतिघण्टा किलोमिटरमा बलिङ गरेका थिए । आइपिएल इतिहासमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने पाँचौ स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् ।
दिल्लीका प्रमुख बलर रबाडाले १५४.२३ प्रतिघण्टा किलोमिटरमा बलिङ गरेका थिए । छैटौं स्थानमा नोर्किया छन् । नोर्कियाले १५४.२१ को प्रतिघण्टा किलोमिटरमा बलिङ गरेका छन् । जारी सिजनमा दिल्लीबाट आइपिएलमा डेब्यु गरेका दक्षिण अफ्रिका नोर्कियाले नियमित १५० किलोमिटर प्रति घण्टाको गतिमा बलिङ गर्ने गर्दछन् ।
‘साँच्चै ? मलाई थाहा भएन,’ नोर्कियाले खेलपछि उनको कीर्तिमानी बलिङको गतिबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले ब्यक्तिगत आफ्नो नाम आइपिएलबाट फिर्ता लिएपछि दिल्लीले नोर्कियालाई अनुबन्ध गरेको थियो । सुरुवात देखिनै दिल्लीको पहिलो रोजाईमा खेल्दै आएका २६ वर्षिय नोर्कियाले उच्च प्रर्दशन गरेका छन् ।
नोर्कियाले ८ खेलमा १० विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन कोलकाता नाइट राइडर्सविरुद्ध ३–३३ छ । बुधबार राजस्थानविरुद्ध जित निकाल्न उत्कृष्ट प्रर्दशन गरेका नोर्किया ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]