4 years ago
October 15, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रर्दशन गर्दै उपाधिको दाबेदार प्रस्तुत गरेको छ ।
सुरुवाती ८ खेलमा दिल्ली ६ मा जित र २ मा हार सहित अंक तालिकामा शीर्षस्थानमा छ । ब्याटिङ र बलिङ दुबैमा उच्च प्रर्दशन गर्दै आएको दिल्लीलाई विपक्षी टोलीभन्दा खेलाडीको चोटले बढी चिन्ता र समस्या थपेको छ ।
दिल्लीले चोटका कारण आफ्ना दुई बलर गुमाई सकेको छ । प्रमुख दुई ब्याट्सम्यान घाइते हुन पुगेका छन् । अनुभवी स्पिनर रविचन्द्रन आश्विन चोटबाट ठिक भएका छन् । कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा लागेको चोटका कारण अनुभवी लेगस्पिनर अमित मिश्राले पूरै आइपिएल गुमाई सकेका छन् ।
मिश्रा बाहिरिएसँगै दिल्लीमा लेग स्पिनरको अभाव महसुस भएको छ । राजस्थानसँगको खेलको क्रममा अर्का तीव्र गतिका बलर ईशान्त शर्मा पनि पेटमा चोटका कारण गत सोमबार आइपिएलबाट बाहिरिएका थिए ।
त्यसअघि सुरुमै स्पिनर रविचन्द्रन आश्विन किंग्स इलेभेन पन्जाबसँग फिल्डिङ गर्नेक्रममा काँधमा चोटका लाग्दा दुई खेल गुमाउन पुगेका थिए । विकेटकिपर ऋषभ पन्त गत अक्टोबर ९ मा राजस्थान रोयल्सँगको खेलको क्रममा ह्यामस्ट्रिङमा चोटका कारण एक हप्ताका लागि बाहिरिएका थिए ।
दिल्लीका कप्तान तथा प्रमुख ब्याट्सम्यान श्रेयस ऐर पनि घाइते हुन पुगेका छन् । बुधबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा फिल्डिङ गर्नेक्रममा ऐरको काँधमा चोट लाग्न पुगेको हो । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एनरिच नोर्टजेको पाँचौ ओभरको अन्तिम बलमा बेन स्टोक्सले मिडअफमा सट खेलेका थिए ।
उक्त सट खेलेको बललाई ऐरले रोक्दै टोलीको लागि तीन रन बचाएपनि काँधमा भने चोट लाग्न पुगेको थियो । काँघमा निकै पिडा र दुखाईका साथ उनी मैदान बाहिरिएसँगै ओपनर शिखर धवनले कप्तानी गरेका थिए । त्यसपछि पुरै इनिङमा ऐर ड्रेसिङ रुममा हुँदा धवनले कप्तानी गरेका थिए ।
खेलपछि ऐरको चोटबारे बिहिबार रिपोर्ट आउने धवनले बताएका छन् । यदि काँधका चोटका कारण उनले आगमी वा केहि समय खेल गुमाउन परे दिल्ली ठूलो समस्यामा पर्ने छ । पन्त चोटिल हुँदा वैकल्पिक ब्याट्सम्यान अजिंक्या रहाणे थिए । रहाणेले दुई खेलमा १७ रन बनाएका छन् ।
पन्त एक हप्ताको लागि टोलीबाट बाहिरिएका छन् । ऐर पन्त दुबै राम्रो लयमा छन् । ऐरले जारी आइपिएलमा ८ खेलमा दुई अर्ध शतक सहित २ सय ९८ रन बनाई सकेका छन् । पन्तले ६ खेलमा १ सय ७६ रन बनाएका छन् ।
दिल्लीले अव आगमी शनिवार चेन्नई सुपर किंग्ससँग शारजाहमा प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा पन्त र ऐर दुबै टोलीमा उपलब्ध नभए दिल्लीको ब्याटिङ कमजोर बन्ने देखिन्छ । दिल्लीसँग रहाणे बाहेक भारतीय ब्याकअप ब्याट्सम्यान टोलीमा छैनन् । दिल्लीको बेन्चमा अलराउन्डर ललित यादव छन् । दिल्लीबाट घरेलु क्रिकेट खेल्ने ललितले ३० टि२० आईमा ४ सय ७ रन बनाउनुको साथै २० विकेट लिएका छन् । उनी अफ स्पिनर हुन् ।
ललितबाहेक अन्य सबै बलर रहेका छन् । शनिबार चेन्नईसँग दुवै ब्याट्सम्यान ऐर र पन्त उपलब्ध हुन नसके दिल्लीले तीव्र गतिका बलर एनरिच नोर्टजेलाई बेन्चमा राखेर हेटमायरलाई खेलाउनु पर्ने बाध्यता हुने छ । यता राजस्थानसँग १३ रनले जित दिलाउन ‘प्लेयर अफ द म्याच’ घोषित भएका नोर्टजेले कागिसो रबाडालाई राम्रो साथ दिदै आएका छन् । नोर्टजेले १० र रबाडाले १८ विकेट लिई सकेका छन् । चोटको कारण दिल्लीको टोली सन्तुलन बिग्रिने देखिएको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]