4 years ago
October 14, 2020
एजेन्सी – ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरको अर्धशतकको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा राजस्थान रोयल्सलाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए ।
दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै ओपनर पृथ्वी शालाई जोफ्रा आर्चरले बोल्ड गर्दै गोल्डेन डकमै पेभिलिएन फर्काएका थिए । आर्चरलेनै तेस्रो ओभरको तेस्रो बलमा अजिंक्या रहाणेलाई रोबिन उथप्पाबाट दुई रनमा क्याच आउट गराएपछि दिल्ली १०–२ को कमजोर अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि ऐर र धवनले ८५ रनको उत्कृष्ट साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए । यी दुई खेलाडीबीचको साझेदारी १२ औं ओभरको चौथो बलमा स्पिनर श्रेयस गोपालले तोड्न सफल भएका थिए । गोपालको बलमा धवन कार्तिक त्यागीबाट क्याच आउट भए । टप एज लागेर थर्डम्यानमा क्याच आउट हुन पुगेका थिए ।
कार्तिक त्यागीको १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ऐर लङ अफमा जोफ्रा आर्चरबाट क्याच आउट हुन पुगे । ऐर र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।
आर्चरको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका मार्कस स्टोइनिस १८ रनमा मिड विकेटमा राहुल टेवाटियाबाट क्याच आउट हुन पुगेका थिए । आर्चरको बाउन्सर बलमा ठूलो सट खेल्न खोजेपनि स्टोइनिस सफल हुन सकेनन् । एलेक्स केरी १४ र अक्षर पटेल ७ रनमा क्याच आउट भए ।
राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]