default_image

4 years ago

October 12, 2020

क्यानको वार्षिक साधरण सभा स्थगित

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले असोज २८ र २९ मा भर्चुअल (अनलाइनको माध्यम) बाट गर्ने भनेको बार्षिक साधरण सभा अनिश्चित समय सम्म स्थगित भएको छ ।

क्यानले अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल दुबै जनालाई कोरोना पोजेटिभ देखिएको कारण अर्को सूचना जारी नहुन सम्म स्थगित भएको जनाएको छ । क्यानले अध्यक्ष र सचिव दुबै पूर्ण रुपममा कोरोना भाइरस मुक्त भएपछि वार्षिक साधरण सभा नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ । क्यानको वार्षिक साधरण सभा दोस्रो पटक स्थगित भएको हो ।

यसअघि कोरोना महामारीकै कारण भदौमा पनि स्थगित हुन पुगेको थियो । असोज ६ मा चितवनमा बसेको बोर्ड बैठकले असोज २८ र २९ मा गर्ने निर्णय गरेको थियो । असोज १४ मा अध्यक्ष र सचिव दुबै जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

क्यानले वार्षिक साधरण सभामा सहभागी हुने जिल्लाका प्रतिनिधिहरुको नामवली संघमा उपलब्ध गराउन समेत आग्रह गरेको छ । गतवर्ष असोज दोस्रो साता क्यानले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि पहिलो साधारण सभा गर्ने तयारीमा रहेपनि अहिलेको परिस्थितिका कारण सम्भव हुन सकेको छैन ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.