default_image

4 years ago

October 12, 2020

बेंगलोरविरुद्ध टम ब्यान्टनको ‘डेब्यू’

109 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाहमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा कोलकाता नाइट राइडर्सले इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गराएको छ । ब्यान्टनले स्पिन अलराउन्डर सुनिल नारायणको स्थान लिएका हुन् । ब्यान्टनलाई इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले कोलकाताको डेब्यु क्याप दिएका थिए ।

आक्रामक ब्याटिङका लागि परिचित ब्यान्टनले शारजाहको छोटो बाउन्ड्रीको फाइदा उठाउने अनुमान गरिएको छ । बेंगलोरले टोलीमा एक परिवर्तन गरेको छ । बलिङ लाइनअप बलियो बनाउन तीव्र गतिका बलर मोहम्मद शिराजलाई मौका दिदै गुरक्रित सिंहमानलाई बेन्चमा राखेको छ ।

बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली ९कप्तान० एवी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल

कोलकाता प्लेइङ ११ – टम ब्यान्टन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक ९विकेटकिपर तथा कप्तान०, कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.