default_image

4 years ago

October 12, 2020

ऋषभ एक साता बाहिर

101 views

0 Bookmark

एजेन्सी– दिल्ली क्यापिटल्का विकेटकिपर तथा आक्रामक ब्याट्सम्यान ऋषभ पन्तले इन्डियन प्रिमियर लिग (आइपिएल) मा एक हप्ता गुमाउने भएका छन् ।

शुक्रबार राजस्थान रोयल्ससँगको खेलको क्रममा ह्यामस्ट्रिङको चोटको कारण पन्त एक हप्ता दिल्लीको टोली बाहिर रहने कप्तान श्रेयस ऐरले जनाएका छन् । डाक्टरको सल्लाह अनुसार पन्तले एक हप्ता बाहिर रहेर आराम गर्ने ऐरले जनाएका छन् । जसको कारण वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायर पनि बाहिर रहने छन् ।

दिल्लीसँग विकेटकिपर विकल्पमा एक मात्र अष्ट्रेलियाका एलेक्स केरि छन् । पन्त बाहिर रहँदा केरिलाई खेलाउनै पर्ने बाध्यता दिल्लीसँग हुन्छ । चार मात्र विदेशी खेलाडी खेलाउन पाउने हुँदा हेटमायर बाहिर बस्नु पर्ने हुन्छ । त्यसैको कारण आइतबार राती सम्पन्न मुम्बई इन्डियन्ससँगको खेलको क्रममा दिल्लीले अजिंक्या रहाणे र केरीलाई खेलाएको थियो ।

पन्तले सुरुवाती ६ खेलमा १ सय ७६ रन बनाएका छन् । पन्त र हेटमायर नहुँदा दिल्लीमा तल्लोक्रममा आक्रामक ब्याट्सम्यानको कमी हुने देखिन्छ । जुन समस्या मुम्बई इन्डियन्ससँगको खेलमा देखि सकेको छ । मुम्बईबिरुद्ध दिल्लीले अन्तिम २४ बलमा बाउन्ड्रीको रुपमा २ चौका मात्र प्रहार गर्दै ३५ रन जोडेको थियो ।

दिल्लीले जारी सिजनमा सुरुवात भने उत्कृष्ट गरेको छ । ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । दिल्लीले आफ्नो आठौं खेलमा अव बुधबार दुबईमा राजस्थान रोयल्ससँग खेल्ने छ । नवौं खेलमा दिल्लीले चेन्नई सुपर किंग्ससँग शारजाहमा शनिवार प्रतिस्पर्धा गर्ने छ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.