4 years ago
October 11, 2020
एजेन्सी – ओपनर शिखर धवनको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २७ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनायो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहे । दिल्लीले अन्तिम २४ बलमा बाउन्ड्रीको रुपमा दुई मात्र चौका प्रहार गर्न सक्यो । दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो ।
दिल्लीले पहिलो ओभरको तेस्रो बलमै ओपनर पृथ्वी शालाई ४ रनमा गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा शा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं ओभरको दोस्रो बलमा क्रुनाल पान्ड्याले अजिंक्या रहाणेलाई १५ रनमा एलबिडब्लू आउट गरे । रहाणेले १५ बलमा ३ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐर र धवनले ८५ रनको साझेदारी गर्दै मुम्बईका बलरलाई दबाबमा राखेका थिए । क्रुनालको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका ऐर बोल्टबाट उत्कृष्ट क्याच आउट हुन पुगेपछि ४२ रनमा पेभिलिएन फर्के । ऐरले ३३ बलमा ५ चौका प्रहार गरे ।
१७ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले धवनसँग तालमेल गर्न नसक्दा १३ रनमा रन आउट भए । राहुल चहरले रन आउट गर्नुअघि स्टोइनिसले ८ बलमा २ चौका प्रहार गरे । डेब्यु खेल खेलेका विकेटकिपर एलेक्स केरी ९ बलमा १४ रनमा अविजित रहे ।
क्रुनाल पान्ड्याले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]