default_image

4 years ago

October 11, 2020

मुम्बईविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

106 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दिल्लीले टोलीमा आज दुई परिवर्तन गरेको छ । शिम्रन हेटमायरको स्थानमा एलेक्स केरीलाई मौका दिएको छ । त्यस्तै ऋषभ पन्तको स्थानमा अजिंक्या रहाणेले मौका पाएका छन् । पन्त बेन्चमा बसेसँगै केरिले किपर गर्ने छन् ।

दिल्लीले ब्याटिङ बलियो बनाउन दुई खेलाडी परिवर्तन गरेको हो । मुम्बईले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई भने लगातार सातौं खेलमा बेन्चमा राखिएको छ । दिल्लीको बलिङ उत्कृष्ट हुँदा ब्याटिङ बलियो बनाउन दुई खेलाडी परिवर्तन गरेको हो । दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक जोड्दै शीर्ष स्थानमा छ ।

मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २४ खेल भएको छ । जसमा दुबै टोलीले १२–१२ जित निकालेका छन् । गतवर्ष दिल्ली ३७ रनले विजयी हुँदा अर्कोमा ४० रनले पराजित भएको थियो ।

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, एलेक्स केरि९विकेटकिपर०, श्रेयस ऐर ९कप्तान०, अजिंक्या रहाणे, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्टजे र हर्षल पटेल ।

मुम्बईको प्लेइङ ११ – रोहित शर्मा ९कप्तान०, क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.