4 years ago
October 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा आज उपाधिका बलिया दाबेदार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।
जारी सिजनमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका यी दुई टोली उपाधिका प्रमुख बलिया दाबेदार हुन् । यी दुबै टोली सिमित खेलाडीमा निर्भर छैनन् । हरेक खेलाडी म्याच विनरको रुपमा छन् । दिल्ली मुम्बईलाई हराउँदै शीर्षस्थान कायमै रहन चाहान्छ । दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
मुम्बई दिल्लीलाई हराउँदै शीर्ष स्थानमा उक्नि चाहन्छ । दुबै टोलीले ब्याटिङ र बलिङ उच्च प्रर्दशन गर्दै आएका छन् । सन्तुलित टोली, विश्वस्तरिय खेलाडी र उत्कृष्ट कप्तानी नेतृत्व भएको हुँदा यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमान्चक हुने अनुमान गरिएको छ । चार पटकको च्याम्पियन मुम्बई र पहिलो पटक उपाधि जित्ने सोचमा रहेको दिल्लीबीचको प्रर्दशन उत्कृष्ट हुने अनुमान गरिएको छ ।
मुम्बईका शीर्षक्रममा रोहित शर्मा, क्विन्टन डी कक र सूर्यकुमार यादवले राम्रो प्रर्दशन गर्दै आएका छन् । उता दिल्लीमा शीर्षक्रममा शिखर धवन, पृथ्वी शा र श्रेयस ऐर छन् । धवनको प्रर्दशन केहि कमजोर रहे पनि शा र ऐरको प्रर्दशन उत्कृष्ट छ ।
मध्यक्रममा मुम्बईमा इशान किशन र हार्दिक पान्ड्या छन् । दिल्लीमा ऋषभ पन्त र शिम्रन हेटमायर छन् । तल्लोक्रममा मुम्बईमा काइरन पोलार्ड र दिल्लीमा मार्कस स्टोइनिस छन् । यी सबै खेलाडी म्याच विनरको रुपमा छन् । मुम्बईमा स्पिन अलराउन्डर क्रुनाल पान्ड्या हुँदा दिल्लीमा अक्षर पटेल छन् ।
तीव्र गतिको बलिङमा दिल्लीमा कागिसो रबाडा र एनरिच नोर्टजेले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी दुई खेलाडीले ६ खेलमा कुल २३ विकेट लिएका छन् । रबाडाले ६ खेलमा १५ विकेट लिदै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नोर्टजेले ८ विकेट लिदै राम्रो साथ दिएका छन् । रबाडाको लय मुम्बईलाई घातक बन्न सक्छ ।
यता मुम्बईको तीव्र गतिको बलिङ पनि कमजोर छैन । जस्प्रित बुमराह र टे«न्ट बोल्टको जोडीले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी दुईले २१ विकेट लिई सकेका छन् । बुमराहले ११ र बोल्टले १० विकेट लिएका छन् । यता स्पिनरमा भने मुम्बई भन्दा दिल्ली थोरै अघि देखिन्छ । दिल्लीमा रविचन्द्रन आश्विन र अक्षर पटेलले लगातार उच्च प्रर्दशन गरेका छन् ।
मुम्बईमा राहुल चहर र क्रुनाल पान्ड्या छन् । पान्ड्याको प्रर्दशन राम्रो छैन । मुम्बईको स्पिनरको कमजोरीको फाइदा दिल्लीका ब्याट्सम्यानले उठाउन सक्छन् । दिल्लीका प्रमुख हतियार रबाडा, ऐर र आश्विन हुन् । मुम्बईको रोहित, बुमराह र हार्दिक पान्ड्या हुन् ।
यता नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने दिल्लीको सातौं खेलमा पनि बेन्चमा रहने देखिन्छ । दिल्लीका चार विदेशी खेलाडीमा सुरुवात देखिनै खेल्दै आएका रबाडा, नोर्टजे, हेटमायर र स्टोइनिसले उत्कृष्ट प्रर्दशन गरि रहँदा दिल्लीमा सन्दीपको सम्भावना देखिदैन । आजको खेलमा दुबै टोलीले खेलाडी परिवर्तन गर्ने सम्भावना कम छ ।
आइपिएलमा यी दुई टोलीबीच कुल २४ खेल भएको छ । जसमा दुबै टोलीले १२–१२ जित निकालेका छन् । गतवर्ष दिल्ली ३७ रनले विजयी हुँदा अर्कोमा ४० रनले पराजित भएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]