default_image

4 years ago

October 11, 2020

राजस्थानलाई हैदराबादको मध्यम लक्ष्य

62 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । हैदराबादका मनिष पान्डेले ४४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । केन विलियम्सन १२ बलमा २ छक्का सहित २२ रनमा अविजित रहे । युवा ब्याट्सम्यान प्रियम गर्ग ८ बलमा १ छक्का र १ छक्का १५ रनमा रन आउट भए ।

हैदराबादले पहिलो विकेट पाँचौ ओभरमा गुमाएको थियो । पाँचौ ओभरको चौथो बलमा युवा तीव्र गतिका बलर कार्तिक त्यागीले सन्जु स्यामसनबाट ओपनर तथा विकेटकिपर जोनी बेयरस्टोलाई १६ रनमा क्याच आउट गराएका थिए । बेयरस्टोले १९ बलमा १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान डेभिड वार्नर र मनिष पान्डेले ७३ रनको साझेदारी गरेका थिए । तर १५ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर जोफ्रा आर्चरले वार्नरलाई ४८ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडे । वार्नरले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १८ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका मनिष राहुल टेवाटियाबाट क्याच आउट हुन पुगे ।

जोफ्रा आर्चरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.