default_image

4 years ago

October 11, 2020

हैदराबादविरुद्ध स्टोक्स खेल्दै

94 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले विजय शंकरलाई मौका दिएको छ । विजय शंकरलाई मौका दिदा अब्दुल सामदलाई बेन्चमा राखेको छ । यता राजस्थान रोयल्सले चार परिवर्तन गरेको छ ।

अलराउन्डर बेन स्टोक्स टोलीमा फर्किएका छन् । बेन स्टोक्स टोलीमा फर्किएसँगै एन्ड्रयू टाई बेन्चमा रहेका छन् । यशस्वी जैसवालको स्थानमा रोबिन उथप्पाले मौका पाएका छन् । त्यस्तै महिपाल लोमरोरको स्थानमा रियान परागले मैदान उत्रेका छन् । वरुण आरोनको स्थानमा जयदेव उनदकट टोलीमा छन् ।

राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । हैदराबाद भने ६ खेलमा समान तीनमा जित र हार सहित पाँचौ स्थानमा छ । हैदराबाद चौथो जितका साथ तेस्रो स्थानमा उक्लिने सोचमा छ । यता राजस्थान लगातार चार हारमा पूर्णविराम लगाउँदै जित निकाल्न चाहान्छ ।

आइपिएलमा यी दुई टोलीबीच कुल ११ खेल भएको छ । जसमा हैदराबाद ६ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । गतवर्ष हैदराबाद एक खेलमा ५ विकेटले विजयी हुँदा अर्कोमा ७ विकेटको हार बेहोरेको थियो । सन् २०१८ मा भने हैदराबाद दुबै खेलमा विजयी भएको थियो ।

राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, एन्ड्र्यू टाई, श्रेयस गोपाल र जयदेव उनदकट

हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र खलिल अहमद

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.