default_image

4 years ago

October 11, 2020

हारमा पूर्णविराम लगाउने सोचमा राजस्थान

98 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । हैदराबाद भने ६ खेलमा समान तीनमा जित र हार सहित पाँचौ स्थानमा छ । हैदराबाद चौथो जितका साथ तेस्रो स्थानमा उक्लिने सोचमा छ । यता राजस्थान लगातार चार हारमा पूर्णविराम लगाउँदै जित निकाल्न चाहान्छ । यी दुबै टोलीको मध्यक्रम ब्याटिङ कमजोर छ । राजस्थानमा आजको खेलमा स्टार अलराउन्डर बेन स्टोक्स टोलीमा उपलब्ध हुँदै छन् । बिरामी बुबालाई न्युजिल्यान्ड छोडेर आइपिएल खेल्न आएका स्टोक्स आफ्नो लयलाई निरन्तरत दिदै उत्कृष्ट प्रर्दशनका साथ टोलीलाई जित दिलाउन चाहान्छन् ।

पछिल्लो खेलमा हैदराबादले किंग्स इलेभेन पन्जाबलाई ६९ रनले पराजित गरेको थियो । पन्जाबविरुद्ध ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले १ सय ६० रनको उत्कृष्ट साझेदारी गरेका थिए । हैदराबादका यी दुई ब्याट्सम्यान प्रमुख हतियार हुन् । बेयरस्टो ९७ र वार्नर ५२ रनमा आउट भएका थिए । यी दुई खेलाडीको लय राजस्थानलाई कठिन पर्न सक्छ ।

हैदराबादको मध्यक्रम भने कमजोर छ । केन विलियम्स र मनिष पान्डेलाई छोड्ने हो भने हैदराबादको मध्यक्रममा विश्वस्तरिय खेलाडी छैनन् । अब्दुल सामद, प्रियम गर्ग, अभिषेश शर्मा तल्लोक्रमका ब्याट्सम्यान हुन् । प्रियम गर्गको स्थानमा आज हैदराबादले युवा ब्याट्सम्यान विराट सिंहलाई मौका दिन सक्छ । गर्ग पन्जाबसँगको खेलमा शून्यमा आउट भएका थिए ।

हैदराबादको प्रमुख बलिङ हतियार स्पिनर राशिद खान र टि नटराजन हुन् । राशिदले पन्जाबसँग ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिदै सहज जित दिलाएका थिए । राशिद देखि राजस्थान सजग हुन आवश्यक छ । टि नटराजन डेथ ओभरमा उच्च प्रर्दशन गर्दै आएका छन् । योर्करका लागि सिपालु नटराजन हैदराबादका तीव्र गतिका प्रमुख हतियार हुन् ।

यता राजस्थान लगातार चार खेलमा पराजित भएको छ । सुरुवाती दुई खेलमा उत्कृष्ट प्रर्दशन गरेपनि त्यसयता भने लगातार कमजोर प्रर्दशन गर्दै आएको छ । राजस्थानमा अलराउन्डर बेन स्टोक्स खेल्दै छन् । स्टोक्सको आगमनले तल्लोक्रम ब्याटिङ बलियो हुँदा बलिङ सन्तुलन पनि मिल्ने छ ।

शीर्षक्रमका सन्जु स्यामसन र स्टिभ स्मिथलाई सुरुवाती दुई खेलमा जस्तै उच्च प्रर्दशन गर्न आवश्यक छ । पछिल्लो चार खेलमा यी दुबै खेलाडीको प्रर्दशन सम्झन लायक छैन । युवा ब्याट्सम्यान यशस्वी जैसवालले दिल्लीबिरुद्ध ३४ रन जोडेका थिए । कमजोर मध्यक्रम स्टोक्सको आगमनले बलियो हुने अनुमान गरिएको छ ।

राजस्थानले बलिङमा पनि सुधार गर्न आवश्यक छ । राम्रो प्रर्दशन गर्दै आएका तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अन्य बलरले राम्रो साथ दिन आवश्यक देखिन्छ । सुरुवाती दुई खेलमा युवा तीव्र गतिका बलर कार्तिक त्यागीले राम्रो आशा देखाएका छन् । स्पिनर श्रेयस गोपाललाई पनि उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्टोक्स राजस्थानका प्रमुख हतियार हुन् । लगातार हारमा पूर्ण विराम लगाउन जस बटलर, स्यामसन, स्मिथ र स्टोक्सलाई ब्याटिङमा उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

आइपिएलमा यी दुई टोलीबीच कुल ११ खेल भएको छ । जसमा हैदराबाद ६ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । गतवर्ष हैदराबाद एक खेलमा ५ विकेटले विजयी हुँदा अर्कोमा ७ विकेटको हार बेहोरेको थियो । सन् २०१८ मा भने हैदराबाद दुबै खेलमा विजयी भएको थियो ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.