4 years ago
October 11, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा राजस्थान रोयल्सका स्टार अलरान्डर बेन स्टोक्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० मा आजबाट सनराइजर्स हैदराबादविरुद्ध पूनरागमन गर्दै छन् ।
स्टोक्सले पारिवारिक कारण सुरुवाती ६ खेल गुमाउन पुगे । जन्मथलो न्युजिल्यान्डमा विरामी बुबालाई छोडेर आइपिएल खेल्न संक्युक्त अरव इमिरेट्स (यूएई) आएका स्टोक्स ६ दिनको क्वारेन्टाइनपछि आजदेखी राजस्थानबाट खेल्ने छन् ।
स्टोक्स गत अगष्टमा पाकिस्तानसँगको दोस्रो टेष्टसँगै आफ्नो बिरामी बुबालाई भेट्न न्युजिल्यान्ड गएका थिए । स्टोक्सका बुबा जेरार्ड मस्तिष्क क्यान्सरबाट पिडित छन् । आइपिएल गुमाउने सम्मको अवस्थामा पुगेका स्टोक्स बिरामी बुबाका प्ररेणाकै कारण मैदानमा फर्किएका छन् ।
राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । सातौं स्थानबाट शीर्ष चारमा रहँदै प्ले अफ स्थान बनाउन राजस्थानले उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । जसको लागि प्रमुख खेलाडी तथा हतियार स्टोक्सको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । स्टोक्स ब्याटिङ र बलिङ मात्र होईन फिल्डिङ मार्फत पनि खेललाई मोड्न सक्ने वर्तमान समयमा विश्वकै सर्वोत्कृष्ट अलरान्डर हुन् ।
अर्कोतर्फ स्टोक्स राम्रो लयमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका स्टोक्सले आइपिएलमा पनि त्यहि प्रर्दशनलाई निरन्तरता दिन आवश्यकता छ ।
राजस्थानमा मध्यक्रममा म्याच विनर खेलाडीको अभावमा स्टोक्सले मलहम लगाउने छन् । जसको कारण स्टोक्सको आगमनले राजस्थानको टोली सन्तुलन हुने छ । राजस्थानले सुरुवाती दुई खेलमा किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्सलाई पराजित गरेका थियो । त्यसयता भने लगातार पराजित हुँदै आएको छ । सुरुवाती दुबै खेलमा कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसनले अर्ध शतक प्रहार गरेका थिए ।
पछिल्ला चार खेलमा स्यामसन र स्मिथको प्रर्दशन खराब रहेपछि लगातार हार बेहोरेको छ । स्टोक्सको आगमनले यी दुई खेलाडीमा दबाब कम पर्ने देखिन्छ । पछिल्ला चार मध्य तीन खेलमा लक्ष्य पछ्याउने क्रममा पराजित भएको छ । जसमा १ सय ४० रन पनि कटाउन सकेको छैन । यसले राजस्थानको ब्याटिङ स्तर प्रष्टाउछ । स्टोक्स उक्त समस्या समधानको रुपमा उभिन आवश्यक छ ।
स्टोक्सले इंग्ल्यान्डका अलराउन्डर टम करनको स्थान लिने छन् । राजस्थानले इंग्ल्यान्डका तीन खेलाडीलाई पहिलो रोजाईमा खेलाउने छ । स्टोक्ससँगै जस बटलर र जोफ्रा आर्चर राजस्थानका प्रमुख खेलाडी हुन् । स्टोक्सले तीव्र गतिमा आर्चर युवा तीव्र गतिका बलर कार्तिक त्यागीलाई राम्रो साथ दिने छन् । जसले गर्दा बलिङ लाइनअपमा पनि राजस्थानलाई केहि राहत मिल्ने छ । अर्कोतर्फ विरामी बुबालाई छोडेर आइपिएलको लागि फर्केका स्टोक्स पनि उत्कृष्ट प्रर्दशन गर्न चाहान्छन् ।
राजस्थानको समग्र प्रर्दशन
राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो । जुन खेलमा स्टिभ स्मिथ ६९ र सन्जु स्यामसन ७४ रनको इनिङ खेलेपछि २ सय १६ रन बनाएको थियो । दोस्रो खेलमा पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा तीन बल अगाडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा स्मिथ ५०, स्यामसन ८४ र राहुल टेवाटियाले ५३ रन जोडेका थिए ।
पछिल्लो चार खेलमा राजस्थान लगातार पराजित भएको छ । जसमा तेस्रो खेलमा कोलकाताले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान ९ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो ।
चैथो खेलमा बेंगलोरबिरुद्ध पहिला ब्याटिङ गर्दै राजस्थानले ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । तर उक्त लक्ष्य बेंगलोरले २ विकेटको क्षतिमा पाँच बल अगाडि पूरा गरेको थियो । पाँचौ खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भएको थियो । छैटौं खेलमा दिल्लीलेले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]