default_image

4 years ago

October 10, 2020

कोलकाता २ रनले विजयी

121 views

0 Bookmark

एजेन्सी – किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्ससँग नाटकीय २ रनको हार बेहोरेको छ । आइपिएलको २४ औं खेलमा एक समय सहज जिततर्फ अगाडि बढेको पन्जाबका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा २ रनको झिनो नाटकीय हार बेहोर्न पुगेको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सक्यो । पन्जाबलाई अन्तिम ६ बलमा जितको लागि १४ रन आवश्यक थियो । तर स्पिनर सुनिल नारायणले ११ रन मात्र खर्चेर १ विकेट लिएपछि कोलकाताले नाटकीय जित हात पारेको हो ।

एक समय पन्जाब सहज जिततर्फ अगाडि बढेको थियो । पन्जाबलाई जितको लागि अन्तिम १८ बलमा मात्र २२ रन आवश्यक रहँदा हातमा ९ विकेट रहेको थियो । तर १८ औं ओभरमा नारायणले २ रन मात्र दिएर १ विकेट दिए । १९ औं ओभरमा कृष्णाले २ विकेट लिएर ६ रन खर्चेपछि पन्जाबको जित कठिन बनेको थियो ।

अन्तिम ओभरको पहिलो बलमा स्पिनर सुनिल नारायणले ग्लेन म्याक्सवेललाई २ रन दिए । दोस्रो बल डट गराए । तेस्रो बलमा म्याक्सवेलले चौका प्रहार गरे । चौथो बलमा लेग वाईका रुपमा एक रन बटुले । पाँचौ बलमा मनदीप सिंह क्याच आउट हुन पुगे । अन्तिम बलमा म्याक्सवेलले चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त थिएन ।

लोकेश राहुलले ५८ बलमा ६ चौका सहित ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । राहुललाई प्रसिद्ध कृष्णाले १९ औं ओभरको अन्तिम बलमा बोल्ड आउट गरेपछि खेलले नयाँ मोड लिएको थियो । राहुलले ब्यक्तिगत दुई रनमा जीवनदान पाएका थिए । प्रसिद्ध कृष्णाको दोस्रो ओभरको दोस्रो बलमा बलमा ठूला सट खेल्न खोजेका राहुललाई लङअनमा आन्द्रे रसेलले क्याच छोड्न पुगेपछि जीवनदान पाएका थिए । त्यो जीवनदानको राहुलले फाइदा उठाएपनि अन्त्यमा अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो ।

पन्जाबका ओपनर मयंक अग्रवाल र लोकेशले पहिलो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी सहज जित बाटोमा डोर्याएका थिए । यी दुई ओपनरको साझेदारी १५ औं ओभरको दोस्रो बलमा प्रसिद्ध कृष्णाले अग्रवाललाई ५६ रनमा सुभमन गिलबाट क्याच गराउँदै तोडेका थिए । अग्रवालले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

१८ औं ओभरको दोस्रो बलमा सुनिल नारायणले निकोलस पुरनलाई १६ रनमा बोल्ड आउट गरे । पुरनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल १० रनमा अविजित रहे । कोलकाता प्रसिद्ध कृष्णाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सुनिल नारायणले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए । गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे । चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो ।

तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए । मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए ।

युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए । प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए । रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए ।

कोलकाताले अव सोमबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । पन्जाबले अव बिहिबार बेंगलोसँगनै खेल्ने छ । यो जितसँगै कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.