4 years ago
October 10, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आज बेंगलोरले टोलीमा दुई परिवर्तन गरेको छ । बेंगलोरले आज क्रिस मोरिस र गुरक्रितमान सिंहलाई मौका दिएको छ ।
मोरिसले मोईन अलीको स्थान लिएका हुन् । गुरक्रित सिंहले मोहम्मद सिराजको स्थान लिएका छन् । चेन्नईले टोलीमा एक परिवर्तन गरेको छ । केदार जाधवको स्थानमा युवा ब्याट्सम्यान नारायण जगदेसनलाई मौका दिएको छ ।
चेन्नई ६ खेलमा ४ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । आइपिएलमा यी दुई टोली बीच कुल २४ खेल भएको छ । जसमा चेन्नई १५ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहिन छ । गतवर्ष चेन्नई ७ विकेटले विजयी हुँदा अर्कोमा १ रनले पराजित हुन पुगेको थियो । सन् २०१८ र २०१५ मा चेन्नईलाई बेंगलोरले हराउन सकेको थिएन ।
चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, नारायण जगदेसन, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, करण शर्मा र ड्वेन ब्राभो
बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वासिन्टन सुन्दर, गुरक्रित सिंहमान, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]