default_image

4 years ago

October 10, 2020

गिल र कार्तिकको अर्धशतकमा पन्जाबलाई मध्यम लक्ष्य

92 views

0 Bookmark

एजेन्सी– युवा ब्याट्सम्यान सुभमन गिल र कप्तान दिनेश कार्तिकको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए । गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे । चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो ।

तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए । मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए ।

युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए । प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.