4 years ago
October 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रादेशिक क्रिकेट संघले आफ्नो प्रादेशिक टोलीको १८ पुरुष खेलाडीको कोरोना विमा गर्ने भएको छ ।
शुक्रबार पोखरामा बसेको प्रादेशिक संघको कार्य सम्पादन समितिको बैठकले पछिल्लो पटक राष्ट्रिय प्रतियोगिता खेलेका पुरुष १४ र ४ वैकल्पिक गरि कुल १८ खेलाडीको कोरोना विमा गर्ने निर्णय गरेको सचिव समुनराज कार्कीले जानकारी दिएका छन् । अध्यक्ष देवेन्द्र प्रजुको अध्यक्षतामा बसेको बैठकले पुरुष खेलाडीको कोरोना विमा गर्ने लगायतका विभिन्न निर्णय गरेको हो ।
गण्डकी प्रदेशको पुरुष टोलीले अन्तिम पटक माघमा सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल एकदिवसिय प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा गोविन्द प्रधानले कप्तानी गर्दा किशोर महतो, दीपेश श्रेष्ठ र बिपिन खत्री लगायतका खेलाडीहरु गण्डकी प्रदेशबाट खेलेका थिए ।
त्यस्तै बैठकले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभामा अध्यक्ष देवेन्द्र र सचिव सुमनलाई पठाउने निर्णय गरेको छ । क्यानको बार्षिक साधारण सभा असोज २८ र २९ मा गर्ने भनेपनि पछिल्लो समय बढ्दै गएको कोरोना महामारीको कारण अनिश्चित बनेको छ । अझ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल दुबैलाई कोरोना संक्रमण देखिएपछि वार्षिक साधरण सभा अन्यौलमा रहँदै आएको छ ।
गण्डकी संघले पोखराको पशुपती घाटमा बन्न लागेको क्रिकेट रंगशाला निर्माणको प्रदेश सरकारले सार्वजनिक गरेको विस्तृत परियोजना विवरण ‘डिपिआर’ लाई स्वागत गर्दै त्यसलाई सम्पन्न गर्न प्रादेश कमिटि सक्रिय रुपमा लाग्ने निर्णय गरेको छ । तत्काल कार्यलय व्यवस्थापन गरेर कामकाज अगाडि बढाउने पनि निर्णय पनि गरेको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]