default_image

4 years ago

October 10, 2020

आज आइपिएलमा धोनीविरुद्ध कोहली

110 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

चेन्नई आइपिएल तथा भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रने छ । बेंगलोर वर्तमान समयमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रने छ । धोनी र कोहलीको नेतृत्वमा रहेका यी दुई टोलीबीचको प्रर्दशन रोचक हुने अनुमान गरिएको छ । जारी आइपिएलमा चेन्नईको सुरुवात कमजोर छ । चेन्नई ६ खेलमा ४ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ ।

चेन्नईका ओपनर शेन वाटसन लयमा फर्किएका छन् । जुन चेन्नईका लागि सकरात्मक पक्ष हो । वाटसनले पन्जाबबिरुद्ध ८३ रन र हैदराबादबिरुद्ध ५० रन बनाएका थिए । अर्का ओपनर फाप डु प्लेसिसले निरन्तर उच्च प्रर्दशन गर्दै आएका छन् । डु प्लेसिसले ६ खेलमा तीन अर्ध शतक सहित २ सय ९९ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचिमा दोस्रो स्थानमा छन् । यी दुई ओपनर चेन्नईका ब्याटिङका प्रमुख हतियार हुन् ।

चेन्नईको मध्यक्रम ब्याटिङ भने समस्याको रुपमा छ । पारिवारिक कारण सुरेश रैनाले आफ्नो नाम फिर्ता लिएपछि चेन्नईको मध्यक्रम कमजोर बनेको छ । सुस्त र खराब प्रर्दशन गर्दै आएका केदार जाधवको स्थानमा आज चेन्नइले रितुराज गयाकयाडलाई मौका दिने सम्भावना छ । धोनीले स्पिनरमा करण शर्मालाई निरन्तरता दिने छन् । तीव्र गतिका बलरमा शार्दुल ठाकुर र दिपक चहर रहने छन् । अलराउन्डरमा साम करन र ड्वेन ब्राभोलाई निरन्तरता दिने देखिन्छ । धोनीको प्रर्दशन चेन्नईका लागि निकै महत्वपूर्ण हुने छ ।

यता बेंगलोर भने सन्तुलित र बलियो देखिएको छ । ओपनर युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल राम्रो लयमा छन् । उनले ५ खेलमा तीनमा अर्ध शतक प्रहार गरेका छन् । पाडिक्कल र आरोन फिन्च ओपनरको रुपमा छन् । यी दुबै राम्रो लयमा हुँदा चेन्नईविरुद्ध राम्रो सुरुवात दिन सक्छन् । विराट कोहली र एवी डिभिलियर्स ब्याटिङका प्रमुख हतियार हुन् । डी भिलियर्सको लयलाई रोक्न चेन्नईका बलरलाई कठिन पर्ने देखिन्छ ।

तल्लोक्रममा शिवम् दुबेलाई ठूलो इनिङ खेल्न आवश्यक छ । स्पिनर एडम जाम्पाको स्थानमा आज तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिसको सम्भावना देखिन्छ । स्पिनर युजभेन्द्र चहल बेंगलोरका प्रमुख बलिङ हतियार हुन् । चहलले ५ खेलमा ८ विकेट लिई सकेका छन् । चहलले चेन्नईको मध्यक्रमको कमजोरीको फाइदा उठाउँन सक्छन् । वासिन्टन सुन्दर पनि घातक बन्न सक्ने स्पिनर हुन् । तीव्र गतिको बलिङ युनिटमा इसुरु उडाना, नवदीप सैनी र मोहम्मद शिराज रहने छन् ।

आइपिएलमा यी दुई टोली बीच कुल २४ खेल भएको छ । जसमा चेन्नई १५ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहिन छ । गतवर्ष चेन्नई ७ विकेटले विजयी हुँदा अर्कोमा १ रनले पराजित हुन पुगेको थियो । सन् २०१८ र २०१५ मा चेन्नईलाई बेंगलोरले हराउन सकेको थिएन ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.