4 years ago
October 10, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि आबूधाबीमा सुरु हुनेछ ।
पन्जाबलाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यता कोलकाता नाइट राइडर्स चौथो जितका साथ तेस्रो स्थानमा उक्लिने सोचमा हुने छ । पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित पुछारमा छ । कोलकाता ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ ।
पन्जाबमा आज वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको सम्भावना छ । अलराउन्डर ग्लेन म्याक्सवेलले लगातार खराब प्रर्दशन गरेपछि गेलको सम्भावना बढेको हो । म्याक्सवेलले सुरुवाती ६ खेलमा ४८ रन मात्र बनाएका छन् ।
गेललाई यसअघि सनराइजर्स हैदराबादबिरुद्ध खेल्ने तयारी भएपनि अस्वस्थताको कारण अन्तिममा नखेलेको प्रशिक्षक अनिल कुम्बलेले बताएका थिए । ‘युनिभर्सल बोस’ अर्थात टि२० क्रिकेटका किंग गेलको आगमनले पन्जाबको ब्याटिङ बलियो बन्ने आशा गरिएको छ । ओपनर मंयक अग्रवाल र कप्तान लोकेश राहुललाई राम्रो सुरुवात दिन आवश्यक छ ।
हैदराबादबिरुद्ध १७ बलमै अर्ध शतक बनाउँदै ७७ रन बनाएका निकोलस पुरनको प्रर्दशनले मध्यक्रममा पन्जाबलाई केहि आशा पलाएको छ । हैदराबादसँग दुई विकेट लिएका अर्शदीप सिंहको प्रर्दशनले डेथ ओभर समस्या समधानको संकेत देखिएका छन् । हैदराबादविरुद्ध ३ विकेट लिएका युवा स्पिनर रबि बिश्रोईका बलिङ हतियार हुन् ।
मोहम्मद शामी र शेल्डन कटरेललाई राम्रो प्रर्दशन गर्न आवश्यक छ । कप्तान लोकेश राहुल जारी आइपिएलमा ६ खेलमा ३ सय १३ रनका साथ शीर्षस्थानमा छन् । राहुल पन्जाबका प्रमुख खेलाडी र हतियार हुन् । उनको प्रर्दशन पन्जाबलाई निकै महत्वपूर्ण हुने छ । पन्जाबबाट चार विदेशी खेलाडीमा क्रिस गेल, मुजिब उर रहमान, शेल्डन कटरेल र निकोलस पुरनको सम्भावना छ ।
पछिल्लो खेलमा चेन्नईलाई १० रनले हराउन राहुल त्रिपाठीले ओपनिङ गर्दै ८१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्रिपाठी कोलकाता ओपनिङ समधानको रुपमा देखिएका छन् । त्यसअघि उनले तल्लोक्रममा ब्याटिङ गर्दै दिल्लीविरुद्ध आक्रामक ३६ रनको इनिङ खेलेका थिए । सुभमन गिल र त्रिपाठीको ओपनर जोडी पन्जाबलाई घातक बन्न सक्छन् । आन्द्रे रसेलको प्रर्दशन अपेक्षा अनुसार छैन । रसेललाई आफ्नो स्वभाविक खेल खेल्न आवश्यक छ ।
कप्तान दिनेश कार्तिक र नितेश राणाको प्रर्दशनले मध्यक्रममा प्रभाव पार्ने छ । ओईन मोर्गन कोलकाता प्रमुख ब्याटिङ हतियार हुन् । चेन्नईबिरुद्ध कोलकता सबै बलरले औसत प्रर्दशन गरेका थिए । दुई युवा तीव्र गतिका बलर कमलेश नगरकोटी र शिवम माभी कोलकताका बलिङ हतियार हुन् ।कोलकाताले चार विदेशी खेलाडीमा मोर्गन, प्याट कमिन्स, रसेल र सुनिल नारायणको सम्भावना छ ।
आइपिएलमा यी दुई टोलीबीच कुल २५ खेल भएको छ । जसमा कोलकता १७ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । गतवर्ष दुबै खेलमा कोलकाता विजयी भएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]