4 years ago
October 9, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
शारजाहमा भएको टसमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा दुई परिवर्तन गरेको छ । दुबै तीव्र गतिका बलरलाई मौका दिएको छ । तीव्र गतिका बलर एन्ड्र्यू टाईलाई आजको खेलमा मौका दिएको छ । टाइलाई मौका दिदा अलराउन्डर टम करनलाई बेन्चमा राखेको छ ।
त्यस्तै अर्का तीव्र गतिका बलर वरुण आरोनलाई मौका दिएको छ । अंकित राजपुतको स्थानमा उनलाई मौका दिएको हो । दिल्लीले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई लगातार छैटौं खेलमा बेन्चमा राखेको छ ।
दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ ।
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर) , यशस्वी जैसवाल, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, महिपाल लामरोर, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, एन्ड्र्यू टाई, श्रेयस गोपाल र बरुन आरोन।
दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्टजे र हर्षल पटेल ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]