4 years ago
October 8, 2020
एजेन्स – ओपनरद्वय जोनी बेयरस्टो र डेभिड वार्नरको उत्कृष्ट साझेदारीमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई २ सय २ रनको विशाल लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनायो । हैदराबादका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ९७ रनको योगदान दिए । बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । अर्का ओपनर डेभिड वार्नरले ५२ रन बनाए । वार्नरले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १६ औं ओभरको पहिलो बलसम्म १ सय ६० रनको साझेदारी गर्दै विशाल योगफलको बाटोमा डोर्याएका थिए । तर १६ औं ओभरमा युवा लेगस्पिनर स्पिनर रबि बिश्रोईले यी दुबै ओपनरलाई आउट गरेपछि पन्जाब खेलमा फर्किएको थियो ।
बिश्रोईले १६ औं ओभरको पहिलो बलमै वार्नरलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराए । ठूलो सट खेलेका वार्नर लङअनमा समातिन पुगेपछि उत्कृष्ट साझेदारी तोडिएको थियो । तीन बल पछि बेयरस्टो एलबिडब्लू आउटको शिकार बन्न पुगे । अम्पायरले आउट नदिएपनि कप्तान लोकेश राहुलले रिभ्यु लिदै बेयरस्टोलाई तीन रनले शतक बनाउन असफल बनाउँदै पेभिलिएन फर्काए ।
१७ औं ओभरको पहिलो बलमा युवा तीव्र गतिका बलर अर्शदीप सिंहले मनिष पान्डेलाई १ रनमा कट एण्ड बोल्ड आउट गरे । बिश्रोईको १८ औं ओभरको पाँचौ बलमा अब्दुल सामद ठूलो सट खेल्नेक्रममा अर्शलीपबाट ८ रनमा क्याच आउट भए । प्रियम गर्गले खाता खोल्न सकेनन् ।
केन विलियम्सन १० बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । अभिषेक शर्मा ६ बलमा १ चौका र १ छक्का सहित १२ रनमा क्याच आउट हुन पुगे । हैदराबादले अन्तिम २४ बलमा ४१ रन जोड्न ६ विकेट गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो ।
रबि बिश्रोईले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीको नाममा १ विकेट रह्यो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]