4 years ago
October 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले टोलीमा आज एक परिवर्तन गरेको छ । मुम्बई इन्डियन्सबिरुद्ध ४ ओभरमा ६४ रन खर्चेका तीव्र गतिका बलर सिद्धार्थ कौलको स्थानमा खलिल अहमदलाई मौका दिएको छ ।
पन्जाबले आज टोलीमा तीन परिवर्तन गरेको छ । चेन्नई सुपर किंग्सबिरुद्ध ३ ओभरमा ४२ रन खर्चेका तीव्र गतिका बलर क्रिस जोर्डनको स्थानमा स्पिनर मुजिब उर रहमानले मौका पाएका छन् । रहमानको आगमनले पन्जाबको स्पिन बलिङ बलियो बन्ने छ ।
पछिल्लो समय मुजिब राम्रो लयमा छन् । अफ स्पिनर मुजिब र लेग स्पिनर बिश्रोईको जोडी पन्जाबलाई नायक बन्न सक्छन् । स्पिनर हरप्रित बारको स्थानमा बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई मौका दिएको छ । शरफराज खानको स्थानमा प्रभशिम्रन सिंहलाई मौका दिएको छ । क्रिस गेललाई भने बेन्चमा राखेको छ ।
पन्जाबले ग्लेन म्याक्सवेलमाथि थप विश्वास दिदै निरन्तरता दिएको छ । म्याक्सवेलले सुरुवाती ५ खेलमा ४१ रन मात्र बनाएका छन् । पन्जाब ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा छ । हैदराबाद ५ खेलमा ३ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ ।
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, मनदीप सिंह, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, प्रभशिम्रन सिंह, मुजिब उर हरमान, रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल
हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान) जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र खलिल अहमद ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]