default_image

4 years ago

October 8, 2020

हैदराबादविरुद्ध गेल र मुजिबको सम्भावना

101 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुने छ । ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेको पन्जाबलाई प्ले अफको सम्भावना आशा बलियो बनाउन आजको खेल जित्नै पर्ने दबाब छ । हैदराबाद भने तेस्रो जितको सोचमा हुने छ । हैदराबाद ५ खेलमा ३ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ ।

पछिल्लो पटक पन्जाब चेन्नई सुपर किंग्ससँग १० विकेटले पराजित हुन पुगेको थियो । जसको कारण हैदराबादबिरुद्ध पन्जाबले टोलीमा ब्यापक परिवर्तन गर्ने सम्भावना छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गरको थियो । पन्जाबको हारको कारण पनि कमजोर बलिङ रहँदै आएको छ । चेन्नईबिरुद्ध ३ ओभरमा ४२ रन खर्चेका तीव्र गतिका बलर क्रिस जोर्डनको स्थानमा स्पिनर मुजिब उर रहमानले मौका पाउने बलियो सम्भावना देखिन्छ ।

जोर्डनले त्यसअघि पहिलो खेलमा दिल्ली क्यापिटल्सबिरुद्ध ४ ओभरमा ५६ रन खर्चेका थिए । उनको स्थानमा आएका अलराउन्डर जेम्श निसमको प्रर्दशन पनि खराब रहेपछि पुन जोर्डनलाई मौका दिएको थियो । तर यी दुबै बलरले कमजोर प्रर्दशन गरेपछि मुजिब पन्जाबको सबैभन्दा राम्रो विकल्पका रुपमा रहेका छन् । रहमानको आगमनले पन्जाबको स्पिन बलिङ बलियो बन्ने छ ।

पछिल्लो समय मुजिब राम्रो लयमा पनि छन् । अफ स्पिनर मुजिब र लेग स्पिनर बिश्रोई पन्जाबलाई नायक बन्न सक्छन् । चेन्नईबिरुद्ध ४ ओभरमा ४१ रन खर्चेका स्पिनर हरप्रित बारको स्थानमा युवा तीव्र गतिका बलर ईशान पोरलको सम्भावना छ । मुजिब र रबि बिश्रोईलाई मैदान उतारेको खण्डमा पोरलको सम्भावना देखिन्छ ।

यता लगातार खराब प्रर्दशन गर्दै आएका ग्लेन म्याक्सवेलको स्थानमा आज पन्जाबले क्रिस गेललाई मौका दिन सक्छ । म्याक्सवेलले ५ खेलमा ४१ रन मात्र बनाएका छन् । गेल र मुजिब लगातार बेन्चमा रहँदै आएका छन् । गेलले पन्जाबको मध्यक्रममा ब्याटिङ गर्न सक्छन् । उत्कृष्ट लय र प्रर्दशन गर्दै आएका ओपनर लोकेश राहुल र मयंक अग्रवालले ओपनिङलाई निरन्तरता दिन सक्छन् ।

अर्कोतर्फ मयंक र गेलले पनि ओपनिङ गर्न सक्ने समिकरण रहन्छ । राहुलले भारतीय टोलीमा तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएको हुँदा हैदराबादबिरुद्ध गेललाई ओपनिङ गराएर आफूले मध्यक्रम सम्हाल्न सक्छन् । उत्कृष्ट लयमा रहेका ओपनर राहुल र अग्रवाललाई निकोलस पुरन, शरफराज खान र मनदीप सिंहले राम्रो साथ दिन आवश्यक देखिन्छ । बलिङमा शेल्डन करटेल र मोहम्मद शामीले उच्च प्रर्दशन गर्न आवश्यक । राहुल, अग्रवाल र शामी प्रमुख हतियार हुन् ।

यता हैदराबादका प्रमुख तीव्र गतिका बलर भुवनेश्वर कुमारले आइपिएल गुमाई सकेका छन् । जसको कारण तीव्र गतिको बलिङ केहि कमजोर बन्न सक्छ । हैदराबादलाई मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न आवश्यक छ । तीन खेलमा हारको कारण पनि मध्यक्रम र तल्लोक्रम ब्याट्सम्यानको कमजोर प्रर्दशन हो ।

हैदराबादका ओपनर जोनी बेयरस्टो र कप्तान डेभिड वार्नर ब्याटिङका प्रमुख हतियार हुन् । मध्यक्रममा केन विलियम्सनले पनि ठूलो इनिङ खेल्न आवश्यक छ । पछिल्लो खेलमा हैदराबाद मुम्बई इन्डियन्ससँग ४३ रनले पराजित भएको थियो । शारजाहमा २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबाद ७ विकेटको क्षतिमा १ सय ७४ रनमा समेटिएको थियो । जारी सिजनमा शारजाहमा २ सय रन कटाउन नसकेको हैदराबाद एक्लो टोली हो ।

मुम्बईबिरुद्ध ४ ओभरमा ६४ रन खर्चेका तीव्र गतिका बलर सिद्धार्थ कौलको स्थानमा बसिल थाम्पीलाई मौका दिन सक्ने सम्भावना देखिन्छ । त्यस्तै युवा ब्याट्सम्यान प्रियम गर्गको स्थानमा विराट सिंहको सम्भावना छ । घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका सिंहले टोलीमा मौका पाएमा मध्यक्रम बलियो बन्न सक्छ । स्पिनर राशिद खान बलिङका प्रमुख हतियार हुन् । राशिदको प्रर्दशनले बलिङमा हैदराबादलाई धेरै प्रभाव पार्ने देखिन्छ । आइपिएलमा यी दुई टोलीबीच कुल १४ खेल भएको छन् । जसमा हैदराबाद १० खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.