default_image

4 years ago

October 8, 2020

त्यागीमा ब्रेट ली को झल्को

146 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट डेब्यु गर्दै मंगलबार राती मुम्बई इन्डियन्सबिरुद्ध युवा तीव्र गतिका बलर कार्तिक त्यागीले राम्रो प्रभाव छाडे ।

राजस्थान रोयल्स उक्त खेलमा मुम्बईसँग ५७ रनले पराजित हुन पुग्यो । जसमा डेब्यु खेलमै भारतीय यू१९ टोलीका सदस्य समेत रहेका त्यागीले अष्ट्रेलियाका पूर्व सफल तीव्र गतिका बलर ब्रेट लीको झल्को दिएका छन् । उनले लिने रन अप र ब्रेट लीको उस्तै देखिन्छ ।

राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरबिरुद्ध खराब प्रर्दशन गरेका जयदेव उनादकटको स्थानमा त्यागीलाई डेब्यु गराएको थियो । त्यागीलाई राजस्थानले पाँचौ ओभरमा बलिङमा ल्याएको थियो । उत्कृष्ट सुरुवात गरेको मुम्बईको ओपनिङ साझेदारी तोड्नलाई कप्तान स्टिभ स्मिथले त्यागिलाई बलिङमा ल्याउने निर्णय गरेका थिए ।

त्यागीले पहिलो बल क्विन्टन डी ककलाई गरेका थिए । दोस्रो बल रोहित शर्मालाई डट राख्दा तेस्रो बलमा छक्का खान पुगे । उनको हातबाट बल फुत्किन पुग्दा रोहितले फुलटस बललाई स्क्वायर लेगमा सिमा रेखा बाहिर कटाएका थिए । पाँचौ बलमा भने उनले वाउन्सर बलमा डी ककलाई जस बटलरबाट क्याच गराउँदै डेब्युको पहिलो ओभरमै सफलता हात पारे ।

त्यागीले सातौं ओभरमा ८ रन दिँदा नवौं ओभरमा १२ रन खर्चिएका थिए । १५ औं ओभरमा त्यागीले ८ रन खर्चिदै पहिलो खेलमा आफ्नो चार ओभरको स्पेल सकाए । जसमा उनले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

उनको प्रर्दशनसँगै बलिङ गर्ने शैलीको पनि राम्रो चर्चा भयो । उनले लिने रनअप ब्रेट लीको जस्तै छ । त्यागी लीलाई आर्दश खेलाडी मान्दछन् । राजस्थान तथा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले ट्वीट गर्दै भनेका छन्, ‘त्यागीको रनअप ब्रेट ली र डेलिभरी इशान्त शर्मासँग मिल्छ’ ।

न्युजिल्यान्डका तीव्र गतिका बलर मिचेल म्याकलेनघानले पनि ट्वीट गर्दै भनेका छन्, ‘टम करनले झैं सुरुवात गर्ने र ब्रेट लीले झैं कुद्ने, ‘अर्थातले त्यागीलाई ब्रेट लीको उप नाम दिएका छन् । ब्रेट लीले स्टोक्सलाई जवाफ दिदै ‘म त्यो देख्न सक्छु,’ भन्दै रि ट्वीट गरेका छन् ।

अक्सनमा त्यागीलाई राजस्थानले १ करोड ३० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यागीले नियमित १ सय ४० प्रतिघण्टाको गतिमा बलिङ गर्ने गर्दछन् । उनले १ सय ४५ प्रतिघण्टाको तीव्र गति सम्म बलिङ गरिसकेका छन् ।

त्यागी सामान्य किशान परिवारबाट कडा मिहिनेतका साथ भारतको यू१९ हुँदै आइपिएलमा आएका युवा खेलाडी हुन् । त्यागीको जन्म उत्तर प्रदेशको हापुर भन्ने गाउँमा बुबा नगेन्द्र र आमा निलमबाट सन् २००० नोभेम्बरमा ८ मा भएको हो । उना बुबा गाउँमा खेतीपाती गर्थे । तर कार्तिकमा सानै उमेर देखिनै क्रिकेटप्रति रुचि र लगाव उच्च थियो । कात्तिक त्यहाँको स्थानिय मैदान र गल्लीमा क्रिकेट खेल्ने गर्दथे ।

कार्तिक ११ वर्षको उमेर हुँदा उनी पढाईको लागि कतै जान लागेको कुरा बुबा र उनको अंकललाई थाहा भयो । उनका बुबा छोरा पनि आफू जस्तै किशान होस भन्ने चाहादैन थिए । त्यसपछि उनलाई मरेठमा रहेको एउटा क्रिकेट एकेडेमीमा भर्ना गरिदिए । जहाँ घरदेखी ७ किलोमिटर टाढा थियो । त्यस बेला उक्त एकेडेमीमा प्रबिढ कुमार र भुवनेश्वर कुमारले पनि क्रिकेट सिकि रहेका थिए ।

कोच बिपिन भात्सको रेखदेख पछि उनी उत्तर प्रदेशको यू१४ टोलीमा परे । उनले १६ वर्षकै उमेरमा उत्तरप्रदेशबाट प्रथम श्रेणीमा डेब्यु गरे । रणजी ट्रफीमा उनले रेलवे टोलीबिरुद्ध डेब्यु गर्दै तीन विकेट लिएका थिए । त्यागीले सन् २०१८ मा दिल्लीबिरुद्ध लिष्ट ए मा डेब्यु गरेका थिए । जुन डेब्यु खेलमा उनले २ विकेट लिएका थिए । त्यसपछि उनले एंकलमा चोटका कारण दुई वर्ष आफ्नो करिअरमा संघर्ष गरे । त्यसपछि उनले यू१९ विश्वकपमा भारतको प्रतिनिधित्व गरे ।

सन् २०२० मा जनवरीमा दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा त्यागी भारतबाट सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बनेका थिए । उनले ६ खेलमा ११ विकेट लिएका थिए । क्वाटरफाइनलमा अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुर्याउन त्यागीले २४ रन खर्चेर ४ विकेट लिदै ‘म्यान अफ द’ म्याच चुनिएका थिए । त्यागिको उत्कृष्ट प्रर्दशनमा २ सय ३४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १ सय ५९ रनमा अल आउट हुन पुगेको थियो ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.