4 years ago
October 7, 2020
एजेन्सी – ओपनर राहुल त्रिपाठीको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनायो । कोलकातालाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । ड्वेन ब्राभोको १७ औं ओभरको पाँचौ बलमा शेन वाटसनबाट क्याच आउट हुनुअघि त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्रिपाठीलाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन नसक्दा कोलकाता विशाल योगफल बनाउनबाट चुकेको हो ।
पाँचौ ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले ओपनर सुभमन गिललाई धोनीबाट ११ रनमा क्याच गराउँदै चेन्नईलाई पहिलो सफलता दिलाए । कोलकाताले आजको खेलमा ओपनिङ जोडीमा परिवर्तन गरेको थियो । सुरुवाती चार खेलमा खराब प्रर्दशन गरेको अलराउन्डर सुनिल नारायणको स्थानमा राहुल त्रिपाठीलाई ओपनिङ गराउने निर्णय लिएको थियो । पहिलो विकेटका लागि त्रिपाठी र गिलले ३७ रनको साझेदारी गरेका थिए ।
लेग स्पिनर करण शर्माले नवौं ओभरको पहिलो बलमा नितेश राणालाई रविन्द्र जडेजाबाट ९ रनमा क्याच आउट गराए । शर्मालेनै ११ औं ओभरको अन्तिम बलमा नारायणलाई १७ रनमा फाफ डु प्लेसिसबाट उत्कृष्ट क्याच आउट गराए । डिप मिड विकेटमा उत्कृष्ट क्याच हुनुअघि नारायणले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
साम करनको १४ औं ओभरको अन्तिम बाउन्सर बलमा सट खेल्न खोजेका ओईन मोर्गन एज लागेर धोनीबाट ७ रनमा क्याच आउट हुन पुगे । ठाकुरको १६ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल एज लाग्दै धोनीबाट २ रनमा क्याच आउट हुन पुगेपछि कोलकाता १२८–५ को अवस्थामा पुगेको थियो । साम करनको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलका कप्तान दिनेश कार्तिक ठाकुरबाट १२ रनमा क्याच आउट हुन पुगे । प्याट कमिन्स ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे ।
करण शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा २८ रन २ खर्चेर विकेट लिए । साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । ड्वेन ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दीपक चहर सर्वाधिक महँगो बलर सावित भए । उनले ४ ओभरमा ४७ रन खर्चे ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]