default_image

4 years ago

October 7, 2020

तेस्रो जितको सोचमा चेन्नई र कोलकाता

109 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि भने लगातार तीन खेलमा जित निकाल्न सकेन । दोस्रो खेलमा राजस्थान रोयल्स १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । तर पन्जाबलाई भने १० विकेटले पराजित गर्दै चेन्नई आफ्नो लयमा फर्किएको संकेत दिएको छ । चेन्नई पन्जाबबिरुद्धको नतिजा कोलकाताबिरुद्ध दोहोराउने सोचमा हुने छ ।

पन्जाबलाई १० विकेटले हराउन ओपनर शेन वाटसन ८३ र फाफ डु प्लेसिस ८७ रनमा अविजित रहेका थिए । यी दुवै ब्याट्सम्यानलाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । चेन्नईले टोली परिवर्तन गर्ने सम्भावना कम छ । मध्यक्रममा केदार जाधबलाई राम्रो इनिङ खेल्न आवश्यक छ । धोनी टोलीका प्रमुख हतियार हुन् । यता बलिङमा तीव्र गतिका बलर दीपक चहर र साम करन पन्जाबबिरुद्ध विकेट बिहिन बनेका थिए । यी दुबै बलरलाई उच्च प्रर्दशन गर्नु पर्ने दबाब छ ।

यता कोलकता कागजी रुपमा बलियो रहेपनि मैदानमा भने आफ्नो प्रभाव त्यसै अनुसार जमाउन सकेको छैन । कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले हारेको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । राजस्थानलाई ३७ रनले पराजित गर्दा दिल्लीसँग १८ रनले पराजित हुन पुगेको थियो ।

स्पिन अलराउन्डर सुनिल नारायणको प्रर्दशन कमजोर छ । उनको स्थानमा इंग्ल्यान्डका ओपनर टम ब्यान्टनलाई मौका दिनसक्छ । ब्यानटन ठूला सटका लागि परिचित युवा ब्याट्सम्यान हुन् । सुभमन गिल र नितेश राणा राम्रो लयमा छन् । आन्द्रे रसेल र दिनेश कार्तिकलाई राम्रो प्रर्दशन गर्न आवश्यक छ । ओईन मोर्गन चेन्नईलाई घातक बन्न सक्छन् ।

दिल्लीविरुद्ध ४ ओभरमा ४९ रन खर्चेका प्याट कमिन्सको स्थानमा लोकी फर्गुसनलाई मैदान उतार्न सक्छ । वरुण चक्रबर्तीको स्थानमा कुलदीप यादवलाई मौका दिन सक्छ । यी दुई टोलीबीच कुल २२ खेल भएको छ । जसमा चेन्नई सुपर किंग्स १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । गतवर्ष दुबै खेलमा चेन्नई विजयी भएको थियो ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.