default_image

4 years ago

October 6, 2020

सूर्यकुमार चम्कँदा मुम्बईको बलियो योगफल

123 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । यी दुई खेलाडीबीचको साझेदारी पहिलो आइपिएल खेल खेलि रहेका युवा तीव्र गतिका बलर कार्तिक त्यागीले बाउन्सर बलमा डी ककलाई विकेटकिपर जस बटलरबाट २३ रनमा क्याच गराउँदै तोडेका थिए । डी ककले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर श्रेयस गोपालको दशौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहित लङ अनमा राहुल टेवाटियाको हातबाट ३५ रनमा समातिन पुगे । रोहितले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा गोपालले इशान किशनलाई सन्जु स्यामसनबाट शून्यमा क्याच आउट गराए । जोफ्रा आर्चरको १४ औं ओभरको अन्तिम बलमा क्रुनाल पान्ड्या १७ बलमा १२ रन जोड्दै मिड विकेटमा गोपालबाट क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.