4 years ago
October 6, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टालीमा परिवर्तन गरेको छैन । यता राजस्थानले टोलीमा तीन परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर कार्तिक त्यागीलाई आजको खेलमा डेब्यु गराएको छ ।
यशस्वी जैसवाल र अंकित राजपूतले पनि टोलीमा पुनरागमन गरेका छन् । राजस्थानले आज रोविन उथाप्पा, रियान पराग र जयदेव उनादकटलाई बेन्चमा राखेको छ । त्यागीलाई उनादकटको स्थानमा मौका दिएको हो । जैसवाललाई उथप्पा र अंकितलाई रियानको स्थानमा मौका दिएको हो ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । किंग्स इलेभेन पन्जाबलाई ४८ रन र सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको थियो ।
यता राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रोमा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तर कोलकातासँग ३७ रन र बेंगलोरसँग ८ विकेटले पराजित हुन पुग्यो ।
मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।
राजस्थानको प्लेइङ ११ – जस बटलर, यशस्वी जैसवाल, स्टिभ स्मिथ, सन्जु स्यामसन, महिपाल लामरोर, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, टम करन, श्रेयस गोपाल र अंकित राजपुत ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]