4 years ago
October 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सडक दुर्घटनामा परि घाइते भएका राष्ट्रिय बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको डिस्चार्जसँगै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले उनको सहयोगार्थ संचालन गरिएको अभियानमा उठेको नगद हस्तान्तरण गरेको छ ।
मंगलबार सिप्यानका अध्यक्ष मनिषराज पान्डे, महासचिव पारस खड्का र कोषाअध्यक्ष पृथ्थु बास्कोटा ग्रान्डी अस्पतालमा पुगेर समर्थक र सुभचिन्तकबाट संकलित कुल ६ लाख २८ हजार रुपैयाँ ललितको श्रीमती ममता भण्डारीलाई हस्तान्तरण गरेका हुन् । साथै सिप्यानले सिम्रिक एयरबाट उपचारको लागि ललितलाइ काठमाडौं ल्याउनको लागि रु ३ लाख ८० हजार समेत सम्बन्धित कम्पनिलाइ भुक्तानी गरेको जानकारी दिएको छ ।
सिप्यानले थालेको संकलन अभियानमा कुल रकम रु १० लाख ८ हजार संकलन भएको थियो । संघले ललितको उपचारमा सहयोग, शुभेच्छा प्रदान गर्नु हुने सम्पूर्णमा क्रिकेट खेलाडी संघ हार्दिक आभार प्रकट गरेको छ । सिप्यानले ललितको उपाचारमा सहयोग गर्न सुरुवात देखिनै आग्रह गर्दै आएको थियो ।
गत भदौ २८ मा झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै राती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।
कोहलपुरमा उनको पूर्ण उपचार हुन नसकेपछि उनलाई सिम्रिक एरको हेलिकप्टरमार्फत ग्राण्डीमा ल्याइएको थियो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको थियो । उनको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]