4 years ago
October 5, 2020
एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ रनको ९७ लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनायो । दिल्लीलाई बलियो योगफलमा पुर्याउन स्टोइनिस २६ बलमा ६ चौका र २ छक्का सहित ५३ रनमा अविजित रहे । स्टोइनिसले २४ बलमा अर्ध शतक प्रहार गरे । जारी सिजनमा स्टोइनिसको यो दोस्रो अर्ध शतक हो ।
ऋषभ पन्तले २५ बलमा ३ चौका र २ छक्का सहित ३७ रन जोडे । दिल्लीलाई चौथो विकेटका लागि पन्त र स्टोइनिसले ४३ बलमा ८९ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । पन्तलाई १९ औं ओभरको दोस्रो बलमा मोहम्मद शिराजले बोल्ड आउट गरे ।
दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले ६.४ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । यी दुईबीचको साझेदारी तीव्र गतिका बलर मोहम्मद शिराजले विकेटकिपर एबी डि भिलियर्सबाट ४२ रनमा क्याच आउट गराउँदै तोडेका थिए । एज लागेर क्याच आउट हुनुअघि आक्रामक ब्याटिङ गरेका शा ले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
दशौं ओभरको चौथो बलमा इसुरु उडानले स्पिनर मोईन अलीबाट अर्का ओपनर शिखर धवनलाई ३२ रनमा क्याच आउट गराए । धवनले २८ बलमा ३ चौका प्रहार गरे ।
मोईन अलीको १२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका कप्तान श्रेयस ऐरलाई डिपमिड विकेटमा देवदत्त पाडिक्कलले उत्कृष्ट क्याच लिदै ११ रनमा पेभिलिएन फर्काए । ऐरले १३ बलमा १ चौका प्रहार गरे । शिम्रन हेटमायर ७ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।
मोईन अलीले २ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]