4 years ago
October 5, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्राले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० गुमाउने भएको छन् ।
मिश्रा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । शनिवार कोलकातासँगको खेलमा मिश्राको औंलामा चोट लाग्न पुगेको थियो । जसको कारण आइपिएलको पुरै सिजन नै गुमाउने भएका छन् । मिश्राले जारी आइपिएलमा ३ खेलमा तीन विकेट लिएका छन् ।
चेन्नईसँग विकेट बिहिन हुँदा हैदराबादसँग दुई र कोलकातासँग एक विकेट लिएका थिए । दिल्लीले मिश्रालाई पहिलो खेलमा किंग्स इलेभेन पन्जाबबिरुद्ध रविचन्द्रन आश्विन चोटिल हुँदा मौका दिएको थियो ।
योसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सम्भावना बढेको छ । अब दिल्लीसँग भारतीय प्रमुख स्पिनर अफस्पिनर रविचन्द्रन आश्विन र अलराउन्डरको रुपमा अक्षर पटेल छन् । आश्विनले खराब प्रर्दशन गरेको खण्डमा त्यसको विकल्प नेपाली लेग स्पिनर सन्दीप लामिछाने हुने देखिन्छ । अक्षर निरन्तर अलराउन्डर कोटामा खेल्ने देखिन्छ । दिल्ली अक्षरलाई छाडेर एक प्रमुख स्पिनर नियमित खेलाउने छ ।
आश्विनले खराब प्रर्दशन गरेको खण्डमा सन्दीप विकल्प हुने छन् । दिल्लीले सन्दीपलाई मार्कस स्टोइनिस वा एनरिच नोर्टजे मध्य एकलाई बेन्चमा राखेर खेल खेलाउन सक्ने सम्भावना बढेको हो । दिल्लीले सुरुवाती चार खेलमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, शिम्रन हेटमायर र मार्कस स्टोइनिसलाई खेलाउँदै आएको छ ।
सुरुवाती चार खेलमा सन्दीप बेन्चमा बसेका छन् । टोलीको रणनीतिमा लेग स्पिनर आवश्यक परेमा दिल्लीसँग सन्दीप बाहेक अर्को विकल्प छैन । त्यसले गर्दा पनि सन्दीप दिल्लीको प्लेइङ ११ को रोजाईमा पर्ने देखिन्छ ।
दिल्लीले आजनै रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दै छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । पहिलो पटक उपाधि जित्ने सोचमा रहेको दिल्लीलाई अनुभवी लेग स्पिनर मिश्राले आइपिएल गुमाउँदा रणनीतिमा ठूलो असर पर्ने देखिन्छ । टोली सन्तुलनमा असर पर्ने देखिन्छ । ३७ वर्षिय मिश्रा आइपिएलका सर्वाधिक सफल स्पिनर हुन् । उनले १ सय ५० खेलमा १ सय ६० विकेट लिदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]