default_image

4 years ago

October 5, 2020

दुई उपाधिका दाबेदार दिल्ली र बेंगलोर भिड्दै

110 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ खेलमा आज दुई उपाधिका दाबेदार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ः ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुवै टोली चौथो जित निकाल्दै शीर्षस्थानमा उक्लिने सोचमा छन् । दिल्ली र बेंगलोरको समान ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक छ । तर दिल्ली नेट रन रेटका आधारमा दोस्रो र बेंगलोर तेस्रो स्थानमा छ । मुम्बई पाँच खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ ।

श्रेयस ऐर दिल्ली र विराट कोहली बेंगलोरका कप्तान हुन् । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो ।

यता बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । चौथो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । दिल्लीको ब्याटिङ र बलिङ दुबै बलियो छ । बेंगलोरको डेथ ओभर बलिङ केहि कमजोर देखिन्छ ।

दिल्लीका कप्तान श्रेयस ऐर राम्रो लयमा छन् । कोलकाताबिरुद्ध ८८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यस्तै ओपनर पृथ्वी शाले चेन्नईबिरुद्ध ६४ र कोलकाताबिरुद्ध ६६ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । ऋषभ पन्त पनि राम्रो लयमा छन् । तल्लोक्रममा मार्कस स्टोइनिस र शिम्रन हेटमायरले उत्कृष्ट अन्त्य गर्दै आएका छन् ।

ओपनर शिखर धवनलाई भने राम्रो प्रर्दशन गर्न आवश्यक छ । कप्तान ऐर, शा, पन्त र हेटमायर बेंगलोरलाई घातक बन्न सक्ने ब्याट्सम्यान हुन् । यी तीन मध्य एक ब्याट्सम्यान क्रिजमा टिक्दा दिल्लीले विशाल योगफल बनाउन सक्छ । पछिल्लो पटक कोलकाताबिरुद्ध २ सय २९ रन बनाएको दिल्लीले बेंगलोरबिरुद्ध पनि त्यस्तै विशाल योगफल बनाउने सोचमा रहने छ ।

यता तीव्र गतिका बलिङमा दक्षिण अफ्रिका एनरिच नोर्टजे र कागिसो रबाडाले उच्च प्रर्दशन गर्दै आएका छन् । यी दुई जोडी दिल्लीका बलिङका प्रमुख हतियार हुन् । भारतीय हर्षल पटेललाई दिल्लीले आजको खेलमा निरन्तरता दिने अनुमान गरिएको छ । हर्षलले कोलकाताबिरुद्ध दुई विकेट लिएका थिए । स्पिनर अमित मिश्रा र रविचन्द्रन आश्विनलाई निरन्तरता पाउने छन् ।

मार्कस स्टोइनिस पार्टटाइम राम्रो विकल्प हुने छन् । सुरुवाती चार खेलमा बेन्चमा बसेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आजको खेलमा पनि सम्भावना देखिदैन । कोलकाताबिरुद्ध प्रर्दशन हेर्दा दिल्लीले टोलीमा खेलाडी परिवर्तन गर्ने सम्भावना देखिदैन ।

बेंगलोर पनि शीर्षस्थानको दौडमा छ । युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल राम्रो लयमा छन् । खेलेका चार खेल मध्य तीनमा पाडिक्कलले अर्ध शतक प्रहार गरेका छन् । पाडिक्कल टिक्नु दिल्लीका लागि घातक हुन सक्छ । यता राजस्थानबिरुद्ध ७२ रन जोड्दै कप्तान विराट कोहलीले लयमा फर्किएको संकेत दिई सकेका छन् । एबी डिभिलियर्सले पनि आक्रामक रुपमा रन जोड्दै बेंगलोरको जित सहज बनाउँदै आएका छन् ।

यी तीन ब्याट्सम्यान बेंगलोरका प्रमुख हतियार हुन् । स्पिनर युजभेन्द्र चहलले लगातार विकेट लिदै उच्च प्रर्दशन गर्दै आएका छन् । चहल देखि दिल्लीका ब्याट्सम्यान सजग हुन आवश्यक छ । तीव्र गतिको बलरमा नवदीप सैनीले राम्रो प्रर्दशन गरेका छन् । इसुरु उडानाले पछिल्ला दुई खेलमा राम्रो प्रर्दशन गरेका छन् । बेंगलोरको सुरुवाती चार खेलमा डेथ ओभर बलिङ केहि कमजोर देखिएको छ । जसको कारण आज स्पिनर एडम जाम्पाको स्थानमा बेंगलोरले क्रिस मोरिसको सम्भावना देखिन्छ । अन्य टोली परिवर्तनको भने सम्भावना देखिदैन ।

आइपिएलमा यी दुई टोलीबीच कुल २३ खेल भएका छन् । जसमा बेंगलोर १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । एक खेल नतिजा बिहिन छ । हालसम्म बेंगलोरले दिल्लीबिरुद्ध बनाएको उच्च योगफल २ सय १५ रन छ । सबैभन्दा कम योगफल १ सय ४७ रन छ । यता दिल्लीले बेंगलोरबिरुद्ध हालसम्म बनाएको उच्च योगफल १ सय ९५ रन छ । कम योगफल ९५ रन छ । गतवर्ष दुबै खेलमा दिल्ली ४ विकेट र १६ रनले विजयी भएको थियो ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.