default_image

4 years ago

October 23, 2020

जो शतकबाट १ रनले चुके

189 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा शतकको आफ्नै महत्त्व हुन्छ । कमजोर होस वा बलियो टोलीविरुद्ध होस् शतकको आवश्यकता हरेक खेलाडीको करिअरमा हुन्छ ।

केहि शतक स्मरणीय हुन्छन् त केहि छोटो समयका लागि सम्झिने हुन्छ । टोलीको आवश्यकता र महत्त्वलाई हेरेर शतकको महत्त्व पनि फरक पर्छ । टि२० क्रिकेटमा शतक प्रहार गर्नु पक्कै सामान्य कुरा होईन । तर पछिल्लो समय ब्याटिङमा आएको परिवर्तनले टि२० क्रिकेटमा पनि शतक खासै असामान्य हुँदैन ।

संयुक्त अरव इमिरेट्स (यूएई) मा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवाती खेलमा ब्याट्सम्यान बलरमाथि हावी भएका छन् । दुई सय रन पूरा गर्नु पनि सामन्य नै हुन थालेको छ । केहि अवस्थामा त दुवै टोलीले २ सय रनको आँकडा पारे गरेका छन् ।

प्रतियोगिता पनि निकै प्रतिस्पर्धात्मक हुन थालेको छ । अधिकांश खेल अन्तिम ओभरमा पुगेका छन् । केहि सुपर ओभर पनि भएको छ । मुम्बई र पन्जाबबीचको खेलमा त नतिजा निकाल्न दोस्रो पटक सुपर ओभरको सहायता समेत लिनुपर्यो ।

शतक प्रहार गर्नुपनि दुर्लभ भन्ने अवस्था छैन । दिल्लीका ओपनर शिखर धवनले इतिहासमै पहिलो पटक लगातार दुई खेलमा शतक प्रहार गरे । किंग्स इलेभेन पञ्जाबका ओपनर लोकेश राहुल र मयंक अग्रवालले शतक प्रहार गरिसकेका छन् । अन्य ब्याट्सम्यान पनि शतक नजिक पुग्दै आएका छन् ।

आइपिएल इतिहासका केहि यस्ता ब्याट्सम्यान जसले ९९ रनमा आउट हुँदै शतक बनाउबाट चुके :

५.सुरेश रैना, चेन्नई (हैदराबादबिरुद्ध, २०१३)

चेन्नई सुपर किंग्सका प्रमुख ब्याट्सम्यान सुरेश रैना यस सिजन पारिवारिक कारण आइपिएल खेलेका छैनन् । रैना आइपिएलका एक सर्वाधिक सफल ब्याट्सम्यान हुन् । रैना सन् २०१३ मा सनराइजर्स हैदराबादबिरुद्ध ९९ रनमा अविजित रहेका थिए ।

राजिभ गान्धी इन्टरनेशनल स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले तीन विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । जसक्रममा रैना ५२ बलमा ११ चौका र ३ छक्का सहित ९९ रनमा अविजित रहेका थिए ।

रैनाले अन्तिम बलमा डरेन शामीलाई चौका प्रहार गरेपनि त्यो शतकका लागि पर्याप्त थिएन । रैना ९९ रनमा अविजित रहने पहिलो खेलाडी बनेका थिए । उक्त खेलमा चेन्नई ७७ रनले विजयी भएको थियो ।

४. विराट कोहली, बेंगलोर (दिल्लीबिरुद्ध, २०१३)

सन् २०१३ मा विराट कोहली तत्कालिन दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स) विरुद्ध ९९ रनमा रन आउट हुन पुगेका थिए । टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

उमेश यादवको २० औं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा कोहली रन आउट हुन पुगेका थिए । उक्तक्रममा कोहलीले ५८ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए । बेंगलोर ४ रनले विजयी भएको थियो ।

३. क्रिस गेल, पन्जाब (बेंगलोरविरुद्ध, २०१९)

युनिभर्सल बोस क्रिस गेलले सन् २०१९ मा किंग्स इलेभेन पन्जाबबाट बेंगलोरबिरुद्ध ९९ रनमा अविजित रहेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले ४ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।

गेल ६४ बलमा १० चौका र ५ छक्का सहित ९९ रनमा अविजित रहेका थिए । गेलले मोहम्मद शिराजलाई २० औं ओभरको अन्तिम बलमा चौका प्रहार गरेपछि ९९ रनमा पुगेका थिए । तर पन्जाबले ८ विकेटले खेल गुमाउन पुग्यो ।

२. पृथ्वी शा, दिल्ली (कोलकाताबिरुद्ध, २०१९)

सन् २०१९ मा दिल्ली क्यापिटल्सका युवा ब्याट्सम्यान ओपनर पृथ्वी शा पनि एक रनको कारण शतक बनाउन चुकेका थिए । कोलकाता नाइट राइडर्सले प्रस्तुत गरेको १ सय ८६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा शा ले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

तर ल्योकी फर्गुसनको १९ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा विकेटकिपर दिनेश कात्र्तिकबाट ५५ बलमा १२ चौका र ३ छक्का सहित ९९ रनमा क्याच आउट भएको थियो । उक्त खेलमा दिल्ली सुपर ओभरमा विजयी भएको थियो ।

१. ईशान किशन, मुम्बई (बेंगलोरबिरुद्ध, २०२०)

मुम्बईका युवा ब्याट्सम्यान ईशान किशन पनि आइपिएलमा शतक बनाउन एक रनले चुके । बेंगलोरबिरुद्ध २ सय २ रनको विशाल लक्ष्य पछ्याउने क्रममा किशन अन्तिम ओभरको पाँचौ बलमा क्याच आउट हुन पुगेका थिए ।

अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँएको अवस्थामा पाँचौ बलमा इसुरु उडानालाई ठूलो सट खेल्नेक्रममा डिपमिड विकेटमा देवदत्त पाडिक्कलबाट ९९ रनमा क्याच आउट हुन पुगेपछि शतक बनाउन सकेनन् । उनले ५८ बलमा ९ छक्का र २ चौका प्रहार गरे । मुम्बई सुपर ओभरमा पराजित हुन पुग्यो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.