4 years ago
October 3, 2020
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले राजस्थान रोयल्सका अलराउन्डर राहुल टेवाटियालाई आफ्नो जर्सी उपहार दिएका छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं खेलमा बेंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गरेपछि कोहलीले टेवटियालाई जर्सी उपहार दिएका हुन् । कोहलीले आफ्नो जर्सीमा हस्ताक्षर गर्दै टेवाटियालाई उपहार दिएका हुन् । खराब प्रर्दशन गरेको राजस्थानलाई ६ विकेटको क्षतिमा १ सय ५४ रनको अवस्थामा पुर्याउन तल्लोक्रममा टेवाटियाले राम्रो प्रर्दशन गरेका थिए ।
टेवाटिया १२ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहेका थिए । १ सय ५५ रनको लक्ष्य बेंगलोरले १९.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा विराट कोहली ७२ रनमा अविजित रहँदै सहज जित दिलाएका थिए ।
२७ वर्षिय स्पिन अलराउन्डर ट्वटिया जारी आइपिएलमा निकै चर्चामा रहेका खेलाडी हुन् । उनले किंग्स इलेभेन पन्जाबले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानलाई तीन बल अगाडिनै जिताउन जिरोबाट हिरोको प्रर्दशन गरेका थिए ।
टेवटिया ३१ बलमा ७ छक्का सहित ५३ रन जोडेका थिए । उनले १८ औं ओभरमा शेल्डन कटरेललाई एकै ओभरमा पाँच छक्का प्रहार गरेपछि उनको चर्चा विश्व क्रिकेटभर चुलिँदै आएको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]