default_image

4 years ago

October 3, 2020

सानदार जितसँगै बेंगलोर शीर्षस्थानमा

129 views

0 Bookmark

एजेन्सी – स्पिनर युजभेन्द्र चहल, कप्तान विराट कोहली र युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको उच्च प्रर्दशनमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार साँझ भएको १५ औं खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९. १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे । पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा बोल्ड आउट भए । पाडिक्कललाई १६ औं ओभरको पाँचौ बलमा जोफ्रा आर्चरले योर्कर बलमा बोल्ड आउट गरेका थिए ।

दोस्रो विकेटकालागि कोहली र पाडिक्कले ९९ रनको साझेदारी गर्दै सहज जित पक्का गराए । तेस्रो ओभरको दोस्रो बलमा ओपनर आरोन फिन्चलाई श्रेयस गोपालले ८ रनमा एलबिडब्लू आउट गरे । एबी डिभिलियर्स १२ रनमा अविजित रहे । श्रेयस गोपाल र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । राहुल टेवाटिया १२ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे । जोफ्रा आर्चर १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । सातौं विकेटका लागि आर्चर र टेवाटियाले २० बलमा ४० रनको अविजित साझेदारी गरेका थिए ।

तेस्रो ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान तथा ओपनर स्टिभ स्मिथलाई पाँच रनमा बोल्ड आउट गरे । लगत्तै चौथो ओभरको पहिलो बलमा नवदीप सैनीले अर्का ओपनर जस बटलरलाई देवदत्त पाडिक्कलबाट २२ रनमा क्याच आउट गराए । बटलरले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको पहिलो बलमा राम्रो लयमा रहेका सन्जु स्यामसनलाई चहलले चार रनमा कट एण्ड बोल्ड आउट गर्दै राजस्थानलाई ३१–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि महिपाल लोमरोर र रोबिन उथाप्पाले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर चहलले ११ औं ओभरको पहिलो बलमा उथप्पालाई उडानाबाट १७ रनमा क्याच आउट गराए । उथप्पाले २२ बलमा १ चौका प्रहार गरे । उडानाले १६ औं ओभरको पाँचौ बलमा रियान परागलाई आरोन फिन्चबाट १६ रनमा क्याच आउट गराए । चहलको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने क्रममा महिपाल पाडिक्कलबाट ४७ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

चहलले ४ ओभरमा २४ रन खर्चेर प्रमुख तीन विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चिए । इसुरु उडानाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर १ विकेट लिए ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रन र दोस्रोमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा कोलकाता नाइट राइट राइडर्ससँग ३७ रनले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा राजस्थानले अक्टोबर ६ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले हराउँदा दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । पाँचौ खेलमा बेंगलोरले अक्टोबर ५ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

यो जितसँगै बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.