4 years ago
October 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
शारजाह मैदानमा कोलकाता कप्तान दिनेश कार्तिकले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि दिल्लीले पहिला ब्याटिङको निम्तो पाएको हो । कोलकाताले आज टोलीमा एक परिवर्तन गरेको छ । ब्याटिङ बलियो बनाउन स्पिनर कुलदीप यादवलाई बेन्चमा राखेर राहुल त्रिपाठीलाई मौका दिएको छ । दिल्लीले दुई परिवर्तन गरेको छ । अक्षर पटेलको स्थानमा रविचन्द्र आश्विनलाई मौका दिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बेन्चमा रहेका छन् । त्यस्तै ईशान शर्माको स्थानमा हर्षल पटेललाई मौका दिएको छ ।
शारजाहमा छोटो बाउन्ड्री हुँदा खेलमा रनको वर्षा हुन सक्छ । यस अघिका दुबै खेलको चार इनिङमानै शारजाहमा २ सय माथिको योगफल बनेको छ । राजस्थानले किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य शारजाहमा तीन बल अगाडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो । त्यसअघि राजस्थानले चेन्नई सुपर किंग्सबिरुद्ध ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । चेन्नईले उक्त लक्ष्य पछ्याउने क्रममा ६ विकेटको क्षतिमा २ सय रन बनाएको थियो ।
दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दा दिल्ली सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुगेको थियो । यता कोलकाता लगातर तेस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको थियो ।
आइपिएलमा यी दुई टोलीबीच कुल २४ खेल भएका छन् । जसमा दिल्ली १० खेलमा विजयी हुँदा १३ खेलमा पराजित भएको छ । एक खेल नतिजा बिहिन छ । दिल्लीले कोलकाताबिरुद्ध बनाएको उच्च योगफल २ सय १९ रन छ । सबैभन्दा कम योगफल ९८ रन छ । यता कोलकाताले दिल्लीबिरुद्ध बनाएको सर्वाधिक योगफल २ सय बनाएको छ भने कम योगफल ९७ रन छ ।
दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्टजे र हर्षेल पटेल ।
कोलकाता प्लेइङ ११ – सुनिल नारायण, सुवमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र शिवम माभी ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]