default_image

4 years ago

October 3, 2020

आइपिएलमा आज कोहलीविरुद्ध स्मिथ

94 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा शनिबार पहिलो पटक एकै दिन दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । दुवै टोली तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने योजनामा छन् । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रन र दोस्रोमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा कोलकाता नाइट राइट राइडर्ससँग ३७ रनले पराजित हुन पुगेको थियो ।

अर्कोतर्फ बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले हराउँदा दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो ।
विराट कोहली कप्तान रहेको बेंगलोरको प्रमुख समस्या कमजोर डेथ ओभर बलिङ हो । बेंगलोरको सुरुवाती तीनै खेलमा डेथ ओभर बलिङ कमजोर छ । जसको फाइदा राजस्थानले उठाउन सक्छ । एबी डी भिलियर्स र देवदत्त पाडिक्कल बेंगलोरका ब्याटिङ हतियार हुन् ।

सुरुवाती तीन खेलमा कोहलीको प्रर्दशन खराब छ । हैदराबादबिरुद्ध १४, पन्जाबबिरुद्ध १ र मुम्बईबिरुद्ध तीन रनमा आउट भएका कोहलीको खराब लय चिन्ताको विषय हो । हैदराबादविरुद्ध ५१ र मुम्बईविरुद्ध ५५ रनको आक्रामक इनिङ खेलेका डि भिलियर्स राजस्थानलाई घातक बन्न सक्छन् । युवा ब्याट्सम्यान पाडिक्कलले पनि हैदराबादविरुद्ध ५६ र मुम्बईविरुद्ध ५४ रन जोडेका थिए ।

पाडिक्कल र डी भिलियर्सको लय रोक्न राजस्थालाई कठिन पर्न सक्छ । बेंगलोरका बलरले डेथ ओभरमा कमजोर प्रर्दशन गर्दा मुम्बईबिरुद्ध सुपर ओभरमा पुगेको थियो । २ सय २ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईलाई जितको लागि २४ बलमा ८० रन चाहिएको थियो ।

युवा स्पिनर युजभेन्द्र चहल र तीब्र गतिका बलर नवदीप सैनी बलिङ हतियार हुन् । आजको खेलमा क्रिस मोरिस खेल्ने सम्भावना छ । मोरिस टोलीमा फर्किएमा डेथ ओभरमा बेंगलोरलाई राहत पुग्न सक्छ । मुम्बईविरुद्ध ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिएका स्पिनर एडम जाम्पाको स्थानमा बेंगलोरले मोरिसलाई मौका दिन सक्छ ।

सुरुवाती दुई खेलमा २ सय रनको योगफल कटाएको राजस्थान कोलकाताले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेटको क्षतिमा १ सय ३७ रनमा समेटिएको थियो ।

उक्त खेलमा टम करनले सर्वाधिक ५४ रन बनाएका थिए । कप्तान स्टिभ स्मिथ र युवा ब्याट्सम्यान सन्जु स्यामसन उत्कृष्ट लयमा छन् । सुरुवाती दुई खेलमा प्लेयर अफ द म्याच चुनिएका स्यामसन बेंगलोरलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् ।

स्यामसनले चेन्नईबिरुद्ध ७४ र पन्जाबबिरुद्ध ८५ रन जोडेका थिए । स्मिथले चेन्नईबिरुद्ध ६९ र पन्जाबबिरुद्ध ५० रन जोडेका थिए । ओपनर जस बटलर, रोबिन उथप्पा र रियान परागलाई उत्कृष्ट ब्याटिङ गर्नुपर्ने दबाब छ । स्टार अलराउन्डर बेन स्टोक्स पारिवारिक कारण राजस्थानमा अझै उपलब्ध नहुँदा केहि समस्यामा भने देखिएको छ । जोफ्रा आर्चर र टम करन राजस्थानका बलिङ हतियार हुन् ।

आइपिएलमा यी दुई टोलीबीच कुल २१ खेल भएको छ । जसमा राजस्थान १० खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । तीन खेल नतिजा बिहिन बनेको छ । बेंगलोरले राजस्थानविरुद्ध बनाएको सर्वाधिक रन २ सय र कम ७० रन छ । राजस्थानले बेंगलोरविरुद्ध बनाएको सर्वाधिक योगफल २ सय १७ र कम ५८ रन छ ।

गत वर्ष एक खेल नतिजा बिहिन हुँदा अर्कोमा राजस्थान ७ विकेटले विजयी भएको थियो । सन् २०१८ को दुवै खेलमा राजस्थान विजयी भएको थियो । त्यस्तै आज आइपिएलको दोस्रो खेलमा बेलुका दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच शारजाहमा प्रतिस्पर्धा हुने छ । यी दुवै टोली पनि तेस्रो जितको खोजीमा हुने छन् ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.