4 years ago
October 2, 2020
एजेन्सी – भारतीय यू१९ क्रिकेट टोलीका कप्तान समेत रहेका युवा ब्याट्सम्यान प्रियम गर्गको उत्कृष्ट अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन गर्ग २६ बलमा ६ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे । गर्गले २३ बलमा आफ्नो पहिलो अर्ध शतक पूरा गरेका थिए ।
अभिषेक शर्माले २४ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए । दिपक चहरको १८ औं ओभरको अन्तिम बलमा धोनीबाट क्याच आउट भएका थिए । खराब प्रर्दशन गरेको हैदराबादलाई पाँचौ विकेटका लागि दुई युवा ब्याट्सम्यान अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।
टस जितेर पहिला ब्याटिङ गर्ने कप्तान डेभिड वार्नरको निर्णयलाई हैदराबादका शीर्षक्रमका ब्याट्सम्यानले सहि सावित गर्न सकेनन् । पहिलो ओभरको चौथो बलमा दिपक चहरले ओपनर जोनी बेयरस्टोलाई शून्यमा बोल्ड आउट आउट गरे । दोस्रो विकेटका लागि मनिष पान्डे र वार्नरले ४६ रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्न खोजेका थिए ।
पान्डेलाई शार्दुल ठाकुरले आठौं ओभरको पहिलो बलमा टम करनबाट २९ रनमा क्याच आउट गराउँदै साझेदारीलाई बढ्न दिएनन् । पान्डेले २१ बलमा ५ चौका प्रहार गरे । ११ औं ओभरको पाँचौ बलमा वार्नर फाफ डु प्लेसिसबाट २८ बलमा क्याच आउट हुनपुगेपछि ठूलो योगफल कठिन बनेको थियो । स्पिनर पियुष चवलाको बलमा ठूलो सट खेलेका वार्नरलाई डु प्लेसिसले लङ अनमा उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएका थिए । वार्नरले २९ बलमा ३ चौका प्रहार गरे ।
लगतै अर्को बलमा केन विलियम्सन ९ रनमा रन आउट भएपछि ठूलो योगफलको सम्भावना टाढिएको थियो । एक रन लिन प्रयास गर्दै पिजको मध्यभाग सम्म आएपनि नन स्ट्राइकका प्रियम गर्गले नमानेपछि विलियम्सन धोनीले रन आउटको शिकार बनेका थिए । उनले १३ बलमा १ चौका प्रहार गरे ।
चेन्नईका दिपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । पियुष चवला र शार्दुल ठाकुरको नाममा एक एक विकेट रह्यो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]